चिसोले जनजीवन कष्टकर

प्रकाशित मिति : बिहि, पुस २७, २०७४



दुईसातादेखि लगातार बढिरहेको चिसो, शीत्लहर र तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुले गर्दा अहिलेसम्म दुईदर्जन बढीले ज्यान गुमाइसकेका छन् । यसरी जाडोको कारण ज्यान गुमाउनेहरूमा अधिकांश सप्तरी जिल्लामा रहेका छन् । सप्तरीमा मात्र चिसोले कठाङ्ग्रिएर १४ जनाको ज्यान गइसकेको छ । रौतहटमा पनि ५ जनाको ज्यान मृत्यु भएको छ । यस्तै धनुषा, सर्लाही, मकवानपुर, रूपन्देही, बर्दियालगायत जिल्लाहरूमा पनि चिसोको कारण मानिसको मृत्यु भएको छ ।

पहाडी तथा हिमाली क्षेत्रमा दिउँसोको समयमा घाम लागे पनि तराई क्षेत्रमा दिनभरि घाम नलाग्दा जनजीवन नराम्ररी प्रभाव बनेको छ । हिमाली जिल्लाहरूमा पनि तापक्रम माइनसबाट लगातार आरालो झर्दा खोला, धारा र तालको पानी जमेर बरफ भएको छ । मनाङ, मुस्ताङ जुम्ला, डोल्पा, मुगु हुम्लालगायत मानिसहरू बरफ पगालेर पिउन बाध्य भएका छन् । जाडोले गर्दा कैयाँै ठाउँका विद्यालयहरू बन्द रहेका छन् र हवाई उडानसमेत प्रभावित भएका छन् । जाडोका कारण गरिब, विपन्न समुदायका बालबालिका, वृद्ध, वृद्धा र सुत्केरीहरू बढी प्रभावित भएका छन् । ती समुदायका मानिसहरू खुला आकासमुनि त्रिपाल र सामान्य छाप्राहरूमा एकसरो कपडा र आगोको भरमा दैनिकी चलाइरहेका छन् । हिटरको प्रयोग गर्न नसक्ने र दाउरा पनि किन्न नसक्नेहरूको अवस्था झनै कस्टकर बनेको छ । यस्तो अवस्थामा गास, बास, कपासको ग्यारेन्टी गरिदिने भन्दै चुनावमा भोट मागेकाहरू गाउँ नफर्केको र स्थानीय सरकार पनि मौन बसेको पीडितहरूको गुनासो छ ।

चिसोको कारण बिरामीको हुनेको सङ्ख्या अत्यधिक बढेपछि स्थानीय अस्पतालहरूमा भीड लाग्ने गरेको छ । यस्तो बेला स्वास्थ्य संस्थाहरूमा सरकारले निःशुल्क उपलब्ध गराउने औषधीको त कुरै छोडौँ, सशुल्क पाउने औषधीको समेत अभाव भएको छ । स्वास्थ संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले औषधीको अभावमा बिरामीलाई खाली हात फर्काउनुपर्ने अवस्था रहेको बताएका छन् । यस्तै, विभिन्न ठाउँका सामुदायिक वनहरूमा बर्सेनी करोडौंको काठतस्करी भएका खबरहरू सार्वजनिक हुन्छन् । तर जाडोको समयमा वितरण गर्नको लागि सुकेको काठको अभाव रहेको वन समितिका कर्मचारीहरू बताउँछन् । उनीहरूले जाडो पीडितहरूलाई केही ठाउँमा रहेका सुकेका रुख देखाइदिने गरेका छन् ।

यता दाङमा अहिले सम्मकै  सबै भन्दा बढी जाडो  यसवर्ष भएको  छ । जल तथा मौ सम विज्ञान फिल्ड कार्र्यालय घोराहीका अनुसार जिल्लामा अहिले सम्मकै  न्यूनतम तापक्रम रहे को  जनाएको  छ ।

विगतका वर्षहरुमा भन्दा दाङमा यसवर्ष धे रै  जाडो  महसुस गरिएको  हो  । अन्य दिनको  तापक्रम भन्दा यसवर्ष पुस २४ र २५ गते  अहिले सम्मकै  सबैभन्दा कम तापक्रम ०.१ डिग्री से ल्सियस मापन गरिएको  थियो  भने  अधिकतम १९.८ डिग्री से ल्सियस रहे को  थियो  । ‘दाङको  सन्दर्भमा यो  तापक्रम अहिले सम्मकै  न्यून हो ’– कार्यालय प्रमुख राजुकुमार मिश्र भन्नुहुन्छ– ‘झण्डै  १७ वर्षपछिकै  यो  बढी जाडो  हो  ।’ कार्यालयले  दिएको  जानकारी अनुसार यसअघि सन् २००१ दे खिकै  अहिले  ०.० डिग्री से ल्सियस रहे को  थियो  ।

उता उपत्यकामा पनि तामक्रम माइनसमा झरेको छ भने ६ हजारभन्दा माथिका हिमालहरूमा माइनस ३६ सम्म पुगेको छ । केही समययता एउटै समयमा पनि तापक्रम अस्वाभाविक रूपले घटबढ हुने गरेको मौसम विज्ञान विभागको रेकर्ड छ । विश्वव्यापी रूपमा पृथ्वीको तापक्रम बढेको बताइए पनि जाडोको समयमा अत्यधिक जाडो र गर्मीको समयमा अत्यधिक गर्मी हुने गरेको मौसम विभागको भनाइ छ । यसका पछाडि मानवीय गतिविधि नै मुख्य जिम्मेवार रहेको छ । उद्योगधन्दा र कलखारखानाहरूबाट उत्पन्न हुने कार्बन उत्सर्जनले गर्दा वायुमण्डलको तापक्रममा असर परिरहेको यो मानवजीवनको लागि घातक हुने विज्ञहरूले चेतावनी दिइरहेका छन् ।