कृषि संगसंगै प्रविधि पनि सहि सदुपयोग गरे सफल व्यवसायको हुन सकिने:अ¥याल

प्रकाशित मिति : शनि, माघ १३, २०७४



जंग बहादुर रेउले

घोराही, १३ माघ । मझौला कृषक आयोजनाको निर्देशक गोकर्णराज अ¥यालले व्यापार व्यवसाय संगसंगै प्रविधि पनि सहि सदुपयोग गरे मात्र सफल व्यवसायको रुपमा स्थापित हुन सकिने बताएका छन् । साना तथा मझौला कृषक आयस्तर वृद्धिको एक दिने गोष्टी सम्पन्न कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । रिजम्पको ५४० सम्झौता मध्ये अहिले सम्म ५०० सम्झौता मात्र निरन्तर कार्यमा लागेकाले कृषकहरुको आवश्यकतालाई मध्य नजर गरी सम्झौता मध्ये ४२ वटा सम्झौता कार्यबिहिन भएको समेत बताएका छन् । जिल्लाका संघ संस्थाहरुले आफ्नो उत्पादन तथा उत्पाकत्व बढाउनका लागि व्यवसाय गर्ने सहकारी तथा फर्महरु एक अर्कामा अन्तरसम्बन्ध कायम हुन जरुरी रहेको बताए । अहिले १० जिल्लाको कृषि क्षेत्रमा नयाँ प्रविधि भित्रिएको समेत जानकारी दिएका हुन ।

जिल्ला कृषि विकास कार्यालय दाङका प्रमुख दिपक शर्माको अध्यक्षता एवं साना तथा मझौला कृषक आयोजनाको निर्देशक गोकर्णराज अ¥यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कृषि खेती गर्नको लागि अहिले जिल्लामा विद्युत प्रमुख समस्याको रुपमा रहेको बताए । बालीनालीहरु उत्पादन गर्नको लागि प्रविधि युग संगसंगै विद्युतको अभावको कारणले कृषकहरुले समयमै बालीनालीहरु उत्पापदन गर्न नसकेको बताएका हुन । जिल्लाका कृषक दाजुभाई तथा दिदीबहिनीहरुलाई कुनै पनि समयमा बालीनालीहरु नोक्सानी हुन सक्ने भएकाले बाली विमा गर्न कार्यक्रममा बोल्ने वक्ताहरुले सुझाब दिएका थिए ।

जिल्ला कृषि विकास कार्यालय घोराही दाङको आयोजनामा भएको प्रगति ,समिक्षा गोष्टीमा २६ वटा उप आयोजनाका संस्थाहरुको सहभागिता रहेको थियो । जसमा सुर्यदय बहुउद्धेश्यीय कृषि फर्म का व्यवस्थापक रविन्द्र विक्रम केसी, राप्ती बहुउद्धेश्यीय कृषि फर्मको अध्यक्ष गोविन्द्र प्रसाद न्यौपाने, राप्ती मौरी पालन केन्द्रका दिप कुमार बुढा, मलवार कृषि सहकारी संस्था लि.का महेश चौधरी लगाएतले संस्थाको अवस्था तथा कार्यविधि प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला कृषि विकास कार्यालय दाङका बाली संरक्षण विकास अधिकृत पिताम्बर बस्नेतले गरेका थिए ।