बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा शैक्षिक संस्थामा तालाबन्दी

प्रकाशित मिति : मङ्ल, माघ १६, २०७४



 

दाङ,

दाङको तुलसीपुरमा सन्चालन भैरहेका अधिकाशं सिटिइभिटि कलेजहरुले सिटीईभिटीबाट सम्बन्धन नलिई चर्को फि लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । सिटीईभिटीबाट सम्बन्धन लिएको भन्दै झुठो आश्वासन बाँडेर विद्यार्थीलाई ठगि गर्दै ७०००० देखि १००००० सम्म फिस लिएकोले विद्यार्थीहरु मर्कामा परेका भन्दै आन्दोलित भएका हुन् । । प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सिटीइभिटी)को १८ महिने टीएसएलसी भन्दै भर्ना लिएर सो कक्षा सञ्चालन नगरी ठगी गरेको भन्दै सम्पुर्ण कलेजका विद्यार्थीहरु केही शैक्षिक संस्थाविरुद्ध आन्दोलित भएर तालावन्दी गर्दै  सडकमा उत्रिएका छन् ।

प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् सिटीइभिटीको १८ महिने टीएसएलसी भन्दै भर्ना लिएर सो कक्षा सञ्चालन नगरी ठगी गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीको नेतृत्वमा  तुलसीपुर बजार क्षेत्रमा सञ्चालित शान्ति दिप प्राविधिक शिक्षालय ,दिप शान्ति प्राबिधिक शिक्षालय ,मिड वेस्ट प्राबिधिक शिक्षालय, राप्ती युनाईटेड लगाएतका शैक्षिक संस्थाहरुमा अनिश्चितकालका लागि तालाबन्दी गरिएका ती संस्थामा पढ्ने विद्यार्थी आन्दोलनमा उत्रिएको सो संगठनका जिल्ला सचिव अमर खड्काले जानकारी दिनुभयो ।
तालावन्दी पछि उनीहरुले तुलसीपुर बजारमा प्रदर्शन गर्नुका साथै बीपी चोकमा कोणसभा समेत गरको थिए ।

‘१८ महिने टीएसएलसी भनेर भर्ना लिइएको रहेछ’– उहाँले भन्नुभयो– ‘तर, ती संस्थाहरुले छोटो अवधिमा सम्पन्न हुने स्किल टेस्ट मात्र पठाएकाले विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्, हामीले त्यसको अगुवाइ गरेका छौं ।’ २० हजारदेखि ५० हजारसम्म शुल्क लिनुपर्ने ठाउँमा ६० हजारदेखि एकलाखसम्म रकम विद्यार्थीबाट असुलेको पाइएपछि तालावन्दी गर्नुपरेको खड्काले बताए।

सिटीईभिटीबाट मान्यता प्राप्त त्यस्ता शैक्षिक संस्थाहरुले सर्ट ट्रम र टिएसएसी मात्रै पढाउने गरेको भएपनि भ्रम छर्न उनीहरुले इञ्जिनेरिङ कलेज लेखेर ब्रह्मलुट गरेको सचिव खड्काले बताए। ‘डिप्लोमा नपढाउने शैक्षिक संस्थाहरुले कलेज लेख्न पाउँदैनन् तर उनीहरुले आफूलाई इञ्जिनियरिङ कलेज लेखेर विद्यार्थी ठगिरहेका छन्,’ क्रान्तिकारीका सचिव खड्काले भने ‘नेसनल स्किल टेष्ट बोर्डको तीन महिनादेखि एक वर्षमा सकिने कार्यक्रमहरु लम्ब्याएर १८ महिनासम्म पुर्‍याउने र विद्यार्थी ठग्ने काम हुँदै आएको छ।’

दश महिनामा सकिने कार्यक्रमहरु विद्यार्थी ठग्नकै लागि १८ महिनासम्म लम्बाइएको व्यापक गुनासो आएपछि विद्यार्थीको आग्रहमा तालावन्दी गर्नुपरेको सचिव खड्काले बताए ।

यस्ता शैक्षिक संस्थाले दुई तरिकाले विद्यार्थीमाथि शोषण गर्दै आएको जिल्ला सचिव खड्काले दाबी गरे। छिटो सकिने कार्यक्रम लम्ब्याएर ब्रह्मलुट गरेको, कलेज जस्तै गरि इन्ट्रान्स गराएर दुईहजारदेखि पाँचहजार सम्म प्रतिविद्यार्थी असुल्ने गरेको अखिल क्रान्तिकारीका अर्का सदस्य तेजप्रशाद पोखरेलले जानकारी दिए।

‘आकर्षक विज्ञापन मार्फत गरिवका छोरा छोरी झुक्याएर प्रलोभनमा पार्ने र ब्रह्मलुट गर्दै आएको पाइएको हुँदा विद्यार्थीले तालावन्दी गरेका हुन्,’ पोखरेलले भने।

नाम मात्रैका इञ्जिनियरिङ कलेजहरु बन्द गर्नुपर्ने भन्दै उनले विद्यार्थीबाट असुलेको बढी रकम फिर्ता नगर्दा सम्म आन्दोलन नरोकिने पोखरेलले बताए।

यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विद्यार्थीहरुसंग विभिन्न शिर्षकमा चर्को शुल्क लिएको भन्दै घोर भत्सर्ना गरेको छ । विद्याथीका जायज माग तुरुन्त सुनुवाई नभए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रितिमा चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

संगठनले विद्यार्थीलाई उचित छेतिपुर्तिको माग गर्दै विद्यार्थीहरुलार्इ ब्यबस्थापन गर्न माग समेत गरेको छ। सो कुराको सुनुवाइ नहुदा शान्ती दिप, दिप शान्ती, मिड वेस्ट, राप्ती युनाइटेड जस्ता कलेजहरुमा ताला बन्दी भएको जनाउँदै माग पूरा नहुदा सम्म ताला नखोलिने अखिल क्रान्तिकारीका सचिव अमर खड्काले जानकारी दिनु भयो।