सल्यानमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

प्रकाशित मिति : शनि, माघ २०, २०७४



सल्यान, २० माघ ।

सल्यानमा ट्रिपर दुर्घटना हुँदा ट्रिपरका चालक र सहचालक दुबैको ज्यान गएको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ३ सम्धीमोडमा शुक्रवार बेलुका से १ क ५२७ नम्बरको ट्रिपरको ब्रेक फेल हुन पुगी सडकबाट ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सिमेन्ट बोकेर दाङबाट रुकुम जाँदै गरेको ट्रिपर दुर्घटना हुँदा सहचालक डोटि घर भएका अन्दाजी २३ वर्षका रमेश पुन मगर र कोहलपुर नगरपालिका १ निवासि २७ वर्षिय सुरज वोहोरा भन्ने ज्ञान कुमार वोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले् जनाएको छ । उनिहरुको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसिपुरमा शुक्रबार राती ज्यान गएको हो ।