६ महिने एकिकृत महिला जागरण अभियान सञ्चालन गर्ने

प्रकाशित मिति : शनि, माघ २०, २०७४



 

माघ २०,
अखिल नेपाल महिला संघ क्रान्तिकारी ६ महिने एकिकृत महिला जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको आठौं पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
महिलामाथि भैरहेका सम्पुर्ण दमनका विरुद्ध संघर्ष गरौं!
वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढौं!! भन्ने मूल नारासहित हुने अभियानमा प्रचारप्रसार, राजनैतिक वैचारिक, संगठन, संघर्ष, आर्थिक, उत्पादन तथा प्रकाशनका काम गरिनेछ ।
२ दिन सम्म गोरखामा भएको बैठकका निर्णय सार्वजनिक गर्दै संगठनका अध्यक्ष बन्धु चन्दले हस्ताक्षर गरेको प्रेस विज्ञप्ती मार्फत अभियानको जानकारी दिइएको हो ।
बैठकले आगामी फागुन २४ गते पर्ने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) विभिन्न कार्यक्रमको आयोजना गरि देशैभरि मनाउने निर्णय पनि गरेको छ ।