तुलसीपुरका केहि प्राविधिक कलेजमा लगाएको ताला विभिन्न सहमतिपछि खोलिए

प्रकाशित मिति : आइत, माघ २१, २०७४



 

दाङ, २१ माघ ।
दाङको तुलसीपुरमा सञ्चालित प्राविधिक शिक्षालयको नाममा खुलेका केहि शैक्षिक संस्थाहरु अवैधानिक र नियम विपरित सञ्चालन गरि विद्यार्थीहरु ठगिएको भन्दै कलेजमा लगाएको ताला आज विभिन्न सहमति गरि खोलिएका छन् । माघ १५ गतेदेखि नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को नेतृत्वमा तुल्सिपुरमा विभिन्न प्राविधिक कलेजमा विद्यार्थीहरु ठगिएको भन्दै विद्यार्थीका माग उठानसहित गरिएको तालाबन्दी आज भएको सहमतिपछि खोलिएको हो । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी को रोहबरमा विद्यार्थी र कलेज सञ्चालकहरुबीच सम्पूर्ण विद्यार्थीहरु जुन विषयमा पढ्न आएका हुन् सोही अनुसार कलेज सञ्चालकले उचित व्यवस्थापन गर्नुपर्ने, विभिन्न उपशिर्षकमा लिएका शुल्क फिर्ता गर्नुपर्ने, (भर्ना शुल्क, रजिष्ट्रशन शुल्क आन्तरिक परिक्षा शुल्क, पोषाक शुल्क), पढ्न चाहने विद्यार्थीहरुका लागि अन्य प्राविधिक शिक्षालय सरह शुल्क निर्धारण गर्नुपर्ने, भ्रममा परि अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि पढ्न नचाहेमा क्षेतीपूर्तीसहित शुल्क फिर्ता गर्ने, विद्यार्थीहरुलाई सिप सिकाउनका लागि आवश्यक दक्ष प्रशिक्षक र सामाग्रीको अनिवार्य व्यवस्था गर्ने, आन्दोलनका क्रममा भएका संस्था र विद्यार्थीहरुबीच तिक्तापूर्ण वातावरणलाई हटाउने लगायतका सहमति पछि ३ वटा कलेजका ताला खोलिएको अखिल(क्रान्तिकारी)का सचिव अमर खड्काले जानकारी दिए । आज सहमती भएका कलेजहरुमा राप्ती युनाइटेड टेक्निकल कलेज, शान्तिदिप प्राविधिक शिक्षालय र मिड वेस्टर्न भोकेसनल ट्रेनिङ ईन्स्टिच्युट रहेका छन् । साथै यसै प्रकारको सहमति हिल साइड टेक्निकल कलेजसँग भोलि गरिने अखिल क्रान्तिकारीका जिल्ला सदस्य तेज प्रसाद पोख्रेलले जानकारी दिएका छन् ।

 

कुराको समेत जानकारी तेज प्रसाद पोख्रेलले दिएका छन। ति सबै कलेजसङग सहमती गरेपछि सबैमा शुल्कको विषयमा छलफल गर्ने र तुल्सिपुरभरी शुल्कमा एकरुपता ल्याउने कुराको समेत पोख्रेलले बताय।

राप्ती नेतृत्वमा तुल्सिपुर दाङमा विभिन्न टेक्निकल कलेजका विद्यार्थीले गर्दै आएको आन्दोलन र तालाबन्दी आज भएको सहमतिमा ताला खोलिएको छ । २०७४र१०रकुरा