मङ्सिर ८ गतेको जनसभाको प्रचारप्रसार स्वरुप दाङ र कैलालीमा माेटरसाइकल जूलूस

प्रकाशित मिति : सोम, मंसिर ३, २०७५



विप्लव नेतृत्वको नेपाल  कम्युनिस्ट पार्टीले साताव्यापी पार्टी पुनःस्थापना दिवसको अवसर तथा मङ्सिर ८ गतेको जनसभाको प्रचारप्रसार स्वरुप देशका विभिन्न स्थानमा माेटरसाइकल र्याली गरेकाे छ ।  दाङ र कैलालीमा माेटरसाइकल र्याली गरेकाे जनाएको छ ।

यसैक्रममा  सयौंको सङ्ख्यामा  दाङकाे तुलसीपुर देखि घाेराही सम्म झण्डा सहित र्याली गरिएको नेकपा दाङका इन्चार्ज सविनले जानकारी दिनुभयाे । यहि मंसिर ८ गते काठमाडौंमा हुन गइरहेको विशाल जनसभामा सहभागी हुन अपिल तथा प्रचारप्रसारसहित र्याली तथा प्रदर्शन गरिएको हो  ।

र्यालीर्यालीमा सहभागी सबैलाई धन्यवाद ज्ञापन  नेकपाका जिल्ला सेक्रेटरी विक्रमले गर्नुभएको थियो  ।  यस्तै हिजो चितवनमा पनि मोटरसाइकल जुलुस निकालेको छ ।

मेघौली बजारबाट बिहान ८ बजे शुरु भएको जुलुस चनौली, शारदानगर, रामपुर हुँदै मंगलपुर बजारमा पुगेर समापन भएको नेकपा चितवनका सेक्रेटरी धुर्वले बताउनु भएको छ  ।

पार्टी पुनर स्थापना दिवससंगै बढ्दो महङ्गी, कमिसनतन्त्र, सिमा अतिक्रमण, बलात्कार, हत्या, हिंसा र राज्य गरेको कर वृद्धिका विरुद्ध नेपाल कम्यूनिष्ट पाटी कैलालीले धनगढीबाट बिरोध जूलूस गर्दै टिकापुरमा कोणसभा पस्चात समापन गरेको छ।