मंसिर ८ गते काठमाडौंकाे प्रदर्शनीमार्ग राता मान्छेहरूकको भरिभराउ (फाेटाे, भिडियोसिहत)

प्रकाशित मिति : शनि, मंसिर ८, २०७५



विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टी पुर्नगठन दिवसको अवसरमा मंसिर ८ गते काठमाडौंमा बृहत जनप्रदर्शनसहित भव्य रूपमा जनसभा  सम्पन्न भएकाे छ  । काठमाडौंका विभिन्न ठाउँबाट एक साथ जुलुस सुरु भइ भृकुटीमणडपमा  भव्य जनसभामा परिणत भयाे ।

तस्वीरमा –

 

गोङगबुबाट राप्ती , धाैलागिरी ब्यूराेकाे मास र्यालीमा सहभागी भएको खबर प्राप्त भएको छ ।

राप्ती  ब्यूराेकाे जुलुस-

 

त्यस्तै कालीमाटीबाट  सेती, महाकाली ब्यूराेका  र्याली  भएकाे थियाे । त्यस्तै बबरमहलबाट पनि राता मान्छेहरुको हुलसहित बृहत र्याली सुरु  सुन्धारामा तीनै ठाउँका जुलुुस मिसिएर भृकुटीमण्डपमा विभिन्न सास्ंकृतिक झाँकीसहितको प्रवेश भई जनसभामा प्रवेश गर्यो । सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरु एक होऔं! वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौं !!भन्ने मूल नाराका साथ  नेकपाले पार्टी पुनर्गठन दिवसका सन्दर्भमा देशभरबाट जनमास केन्द्रीत गरि जनसभा भएकाे हाे । २०७१ साल मंसिर ८ गते एकिकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने उदेश्यका साथ छुट्टै राजनीतिक शक्तिका रुपमा संघर्ष गरिरहेको पार्टीले सभाकाे सम्बाेधन पार्टीका प्रवक्ता एवं पार्टी स्थायी कमिटि सदस्य खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले गर्नुभयो ।

 

राष्ट्रघात, जनघात चरम अवस्थामा पुगेको, महङ्गी, कालोबजारी, तस्करी, कमिसनखोरी, हत्या, हिंसा, बलात्कार बढेको र विभिन्न साम्राज्यवादी शक्तिहरुको चलखेलले नेटो काटेको अवस्थामा आफ्नो पार्टीले गर्न लागेको जनसभामा, पत्रकार, किसान, मजदुर, मध्यमवर्ग, मानवअधिकारकर्मी, बुद्धिजीवि, कम्युनिष्ट, वामपन्थी, देशभक्त तथा लोकतान्त्रिक शक्तिहरुको सहभागिता रहनेछ ।

आजको कार्यक्रमको प्रत्यक्ष प्रसारण एभिन्युज टेलिभिजन, सगरमाथा टेलिभिजन, माउन्टेन टेलिभिजन, एपी वानलगायत विभिन्न टेलिभिजन, दर्जनौँ एफएम रेडियोहरु, विभिन्न यूट्युब च्यानल र अनलाइनहरुले प्रत्यक्ष प्रसारण गरिरहेका छन् ।
जनसभाको सम्बोधन पार्टीका प्रवक्ता एवं पार्टी स्थायी कमिटि सदस्य खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले गर्नृहुँदैछ । जनसभामा पार्टीले आमन्त्रण गरेका मित्र पार्टीका केन्द्रीय नेताहरु सीपी मैनाली, ऋषि कट्टेल, गोपाल किराँती ‘साइँला’ लगायत उपस्थित हुनुभएको छ ।


राष्ट्रघात, जनघात चरम अवस्थामा पुगेको, महङ्गी, कालोबजारी, तस्करी, कमिसनखोरी, हत्या, हिंसा, बलात्कार बढेको र विभिन्न साम्राज्यवादी शक्तिहरुको चलखेलले नेटो काटेको वर्तमान अवस्थामा देखिएका समस्यालगायत विषयमा पार्टीको नीति, दृष्टिकोण, आगामी कार्यक्रम र योजना जनसभामार्फत सार्वजनिक गरिनेछ । साथमा सामना परिवारको केन्द्रीय टोलीद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ  ।