रणविर कुट्ने र देश लुट्नेहरु होसियार !

प्रकाशित मिति : सोम, अशोज १३, २०७६ - दिनेश विक



 

 

पछिल्लो घटनाक्रम बाहिरियो कि? विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भरत वम ‘रणविर’ लाई नेपालगन्ज कारागार भित्र समाजमा अपराधीक कृयाकलाप गरेका बन्दीहरु र जेलरको मिलोमतोमा एउटा क्रान्तिकारी नेता माथी राजनैतिक विचार आस्था राखेकै कारणलाई आधार बनाई आक्रमण गरियो भन्ने समाचार बाहिर आउदा हामी सवैको ध्यान केन्द्रीत बनायो सवै अनलाइन मिडियाहरुले प्राथमिकताका साथ लेखे पनि । कारागार भित्र पनि एउटा शासन चलाइएको हुन्छ जो बाहिर र भित्र आफ्नो च्यानल मिलाएका हुन्छन र तिनी विगतको समाजमा अपराधिक कृयाकलापमै सरिक भएका व्यक्ति हुन्छन् र आज पनि छन् त्यसको संरक्षण जेलरले नै गर्ने गर्छ उसलाई सम्पुर्ण बन्दीहरुमाथि आफ्नो हैकम जमाउने, व्यापार, सप्लाई, लेन देन र अवैध कारोवारसम्म गर्न भ्याउछन् संभव त्यो नहुनु हो किनकी ? कारागार भनेको सुधारगृह हो तर दलाल राज्यसत्तामा त्यो हुदैन कस्ताखालका बन्दी बनाइएका छन् र के प्रयोग गर्छन् त्यहि खालको भित्र व्यापार हुँदै आएको छ कारागार भित्रैवाट ठुला- ठुला व्यापार र अपराधिक घटनाहरुको नेतृत्व कारागार भित्रैबाट भएका छन् र हुन्छन् । समाजमा हुने जति पनि घटना र असन्तोष हुन्छ राज्य व्यवस्था नै पहिलो कारक हुन्छ । सरकारकै कडा निगरानीमा रहेको बन्दी घरबाटै यति लुट र कालो धन्दा चल्छ भने अन्यत्र के होला बुझ्न सकिने अवस्थै छैन सोझा साझा जनतालाई !

नेकपाका नेता रणविर एकीकृत जनक्रान्तिको कार्यदिशामा लामवद्घ भई क्रान्तिका बाकी कार्यभार पुरा गर्न मालेमावादी विचारमा कतिबद्घ एक निडर नेता हुनुहुन्छ । देशलाई मुक्त गर्न लाखौ नेपाली जनतालाई हक अधिकार दिन भनी अबिचलित यात्रामा लाग्दै दलाल संसदिय व्यवस्था र पुजिवादलाई उखेलेर मानव जिवनको सभ्य समाज निर्माण गर्ने उद्घेश्यका साथ कम्युनिस्ट विचार र आदर्श बाेक्दै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापित गर्ने क्रान्तिमा लामबद्घ नेता हुनुहुन्थ्यो । अहिलेको कथित कम्युनिस्ट नामधारी सरकारका पहरेदार केपि – प्रचण्डको जनविरोधी र रास्ट्रघाती सरकारले उहालाई बाकेबाट पक्राउ गरेको कुरा सबै आम नागरिक, पार्टीपंक्ति, बुद्घिजिवि, पत्रकार, मानवअधिकारवादी आदि सवैलाई जगजाहेरै छ ।

नेपाली धर्तीमा विभिन्न कालखण्डमा परिवर्तनकारी आन्दोलन भए तर नेतृत्वको धोका बेइमानी र गद्दारीले फेरि विभिन्न कालखण्डमा नेपाली जनताले धोका खादै आएको तितो यथार्थ हामी सामु छ । महान दशवर्षे जनयुद्धमा ठूलो योग्दान पुर्याएका नेता एक कमरेड रणविर पनि हुनुहुन्छ त्यति मात्रै होईन दुई भाइ दूरदर्शि, विकसितको जनयुद्धमा शहादत भयो रगत र बलिदानले ल्याएको अहिलेको सानो परिवर्तन तर संसदीय व्यवस्थाका तिनै नकचराहरुले भोक चलन गरेका छन् त्यो थाहा पक्कै होला ।
कथित नामधारी कम्युनिस्ट सरकारले नेकपालाई प्रतिबन्ध लगायो जनता र रास्ट्रको मुक्ति संघर्षमा संघर्षरत पार्टीलाई प्रतिबन्ध लागाउनु देशलाई हरिकंगाल पराधिनता, दासता र परनिर्भरता बनाउनेहरुको हातमा देश चलाउने जिम्मा जानू नै नेपाली जनताका लागि दुर्भाग्य यो भन्दा अरु के हुन सक्छ ? आज कस्ले देशलाई टाट पल्टाउने भन्नेहरुको प्रतिस्पर्धा छ, कस्ले बढी भ्रष्टाचार गर्ने भन्नेहरुको प्रतिस्पर्धा छ, कस्ले नेपालका नदि नाला विदेशिलाई बेचेर खुसी पार्ने प्रतिस्पर्धा छ, कस्ले नेपालकी चेली अफ्रिकी मुलुक केन्यामा बेच्न सकिन्छ भन्नेहरुको प्रतिस्पर्धा छ, कस्ले दलाल पुजि भित्र्याउने भन्नेहरुको प्रतिस्पर्धा छ, कस्ले सरकारी जग्गा आफ्नो नाममा गर्न सक्छ भन्ने प्रतिस्पर्धा छ, जनघात र बेइमानिको प्रतिस्पर्धामा यो सरकारका प्रधानमन्त्रीदेखि कथित स्थानीय तहसम्म “लुटि खाने र भुटी चपाउने” बिचको प्रतिस्पर्धामा छन् । कस्ले रास्ट्र र जनताको लागि राम्रो काम गर्ने भन्नेहरुको प्रतिस्पर्धा १ प्रतिशत पनि छैन र नेता रणविरले जनता र रास्ट्रको लागि क्रान्तिमा लागेकै कारण उहाँलाई गिरफ्तार गर्यो र उहाँ कारागार हुनुहुन्छ उहाँ कुनै जनविरोधी कार्य, चोरी डकैती, बलात्कार र लागू औषध ओसारपसार गरेर कारागार यो दलाल सरकारले लगेको होइन थाहै होला र पार्टी स्वयम् यस्ता कार्यको विरोध र संघर्ष गर्छ र गर्दै आएको छ बाहिर हुदा होस या कारागार हुदा होस हाम्रो उद्घेश्य गलतका विरुद्ध लड्ने हो, आवाज उठाई राख्ने हो तिम्रो प्रतिबन्ध त के तिमी गोलि हान ! आवाज कहिल्यै मर्दैन !

कारागार भित्र लागू औषध ओसारपसार गर्नु राम्रो हैन बन्दीहरुको जीवनको कुरा उठाउदा आक्रमण गर्न आउनु र योजना स्वयम् जेलरले नै बनाउनु यो गम्भीर आपत्तिजनक हुन आउँछ । के बुझ्न सकिन्छ भने जेलर नै लागु औषधको कारोवार गर्दा रहेछन् र एक्सपोज हुने खतरा हुदा आक्रमण गर्न लगाएको हुन सक्छ भन्ने बुझ्न सकिन्छ प्रहरी र बन्दी नाइकेहरुको मिलेमतो नै हो एउटा नेतालाई कारागार भित्रै आक्रमण गर्न लगाउनु निकै गम्भीर प्रश्न हो यो दलाल संसदीय व्यवस्था र कथित कम्युनिस्ट सरकार कति अमानवीय र असभ्यताको परिचय दिएको छ कि भनेर साध्य छैन । क्रान्तिकारीलाई विभिन्न बहानामा यस्ता निन्दनीय कार्य हुनु भनेको फासिवादी रवैया हो असत्य राज्य संचालन मनुहरुको धुर्ताई राज गर्ने परिपाटी हो साथै देश लुट्नेहरुको पराकास्टा पनि हो र उदो दशा ! आक्रमण गर्न लगाउने र संलग्नहरुलाई एक दिन अवश्य खाल्डोमा पुर्याउने छौं कारागार भित्रका भिजिलान्ते र जेलर एक दिन तिमी हाम्रो जेलमा हुनेछौं खबरदार ! यस्तो कार्य गर्न गराउन । बदलाका मुट्ठीहरु कसिलै छन् होसियार ! खबरदार !!