विभिन्न निर्णयहरु गर्दै नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलको बिस्तारित बैठक सम्पन्न

प्रकाशित मिति : मङ्ल, अशोज २८, २०७६



लिस्बन,
नेपाली जनप्रगतीशील मोर्चा पोर्तुगलको बिस्तारित बैठक पोर्तुगलको राजधानी लिस्बोनमा आईतवारका दिन एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता सोही मोर्चाका अधक्ष्य पूर्ण बहादुर विश्वकर्माले गर्नु भएको थियो भने अथितीको आतिथ्यतामा ग्रहण गर्न युरोप मोर्चाका अध्यक्ष बिष्णु भुजेल आउनु भएको थियो ।

सो कार्यक्रमको अवसरमा बोल्दै अधक्ष्य पूर्णबहादुर विश्वकर्माले मोर्चाले पोर्तुगल मा बस्नु हुने नेपालीहरुमा अाईपरेका समस्याहरुको न्युनिकरणका लागि आफुहरु सधैं अग्रसर हुने बताउनु भयो ।

महान तथा वीर शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गर्दै उच्च सम्मान प्रकट गरिएको थियो । नेपालको विद्यमान दलाल तथा संसदीय व्यवस्थाको सामाजिक फासिवादी अभ्यासको बिरोध गर्ने र यो व्यवस्थाले सिर्जना गरेका वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक लगायत विविध असमानता, बिकृति विसंगतिको विरुद्ध नेपाली जनताको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्ने निर्णय गर्यो ।

यस बिस्तारित बैठकले नव आगन्तुक उदय लम्साल र विकाश शाहीलाई संगठनमा आवद्ध गरेको छ ।