बर्दियाका विभिन्न बस्तीमा सामनाको जनसंगीत अभियान तीब्र

प्रकाशित मिति : बिहि, मंसिर ५, २०७६



अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तर्गतको केन्द्रिय टोलि सामना जनसाँस्कृतिक परिवारले जनयुद्धको झल्को दिने गरि यतिबेला देशैभरी जनजिविका,राष्ट्रियता लगायत बिषयमा जनजागरण अभियान चलाइरहेको छ ।
यसैक्रममा बर्दिया जिल्लाका विभिन्न स्थानमा जनसाँस्कृतिक कार्यक्रमहरु चलाउदै अगाडि बढिरहेको छ। “सहिदहरु बोलिरहेको हाँसिरहेको ” खै हाम्रा लालसेना,खै हाम्रो जनसत्ता,माल्कोट बिद्रोह बोलिरहेछ, गाँउगाँउबाट उठ बिद्रोहको ज्वाला फुकेर,यहाँ सजिलो छैन साथी यो त क्रान्तिको बाटो हो” लगायतका क्रान्तिकारी जोश र जाँगरले भरिपुर्ण गीत र नृत्यले जनता जगाउदै र लोकप्रिय हुँदै अगाडि बढिरहेको छ ।यसैबीच एक स्थानीयका अनुसार कार्यक्रम गरिसकेपछि पुलिसका सिआईडी आएर आफुलाई किन जानकारी नदिएको भन्दै जन्तालाई आतंकित पार्ने गरेको बताएका छ्न् । आफुहरुलाई उहाँहरुको कार्यक्रम राम्रो लागेको र देश र जनताकाे पक्षमा राम्रा-राम्रा कुरा गरेकोले तपाईंहरुलाई किन जानकारी दिने? बरु उहाँहरुलाई धरपकड गरेर तपाईंहरू नै देशमा द्वन्द भड्काउने गतिविधि गरिरहनु भएको छ भन्दै मुखभरिको जवाफ दिएपछि पुलिस नाजवाफ भएर गएको मिडियाकर्मिलाई जनाएका छ्न् ।

यसैबीच ने.क.पा.बर्दियाका ईन्चार्ज विकासले जनजिविका र राष्ट्रियताको सवाल गंभिर बन्दै गएको अबस्थामा आफ्नो पार्टी नै यतिबेला सिमा रक्षाको बिषयमा आवाज उठाउदै चरणबद्द संघर्षमा अगाडि बढेकोले जनपृय र शक्तिशाली बन्दै गएको अबस्थामा केपि/पिके मण्डलिको सामाजिक दलाल फासिवादी सरकारले दमनको बाटो अबलम्बन गर्दै जनतालाई आतंकित पार्ने कार्यको घोर भत्सर्ना गर्नुभएको छ। अभियान निरन्तर चल्ने शान्तिपूर्ण साँस्कृतिक कार्यक्रममा हस्तक्षेप गरे जनप्रतिरोध गर्ने चेतावनी समेत दिएका छ्न् ।