नेकपाकाे छैटौं पार्टी पुनर्गठन दिवस दाङमा विविध रचनात्मक कार्यक्रम गरि मनाए

प्रकाशित मिति : आइत, मंसिर ८, २०७६



बिरामी, बृद्धाहरुलाई फलफूल, अपांग विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण र सहिदका अाफन्तहरुसंग शुभकामना अादानप्रदान

नेपाल कम्युनिस्ट पार्टीकाे छैटौं पार्टी पुनर्गठन दिवस दाङमा जिल्लाव्यापी रूपमा विविध रचनात्मक कार्यक्रम गरि मनाइएको छ ।
छैटौं पार्टी पुनर्गठन दिवसकाे अवसरमा नेपाल कम्युनिस्ट पार्टी र यसका भातृसंगठनको जिल्लाका विभिन्न ठाउँमा अस्पतालका बिरामीलाई, बृद्धश्रमका बृद्धाहरुलाई फलफूल वितरण, अपांग विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण र सहिदका अाफन्तहरुसंग शुभकामना अादानप्रदान गरिएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङ एरिया नं. ७ काे अायाेजनामा अाज बिजाैरीमा रहेको प्रादेशिक अायुवेदिक चिकित्सालयमा रहेका बिरामी, डाक्टर, स्टाफ गरि २७ जनालाई फलफूल वितरण गरिएकाे छ ।

त्यस्तै ३ र ४ नम्बर एरियाकाे अायाेजनामा देउखुरीमा रहेको बृद्धाश्रममा रहेका बृद्धाहरुलाई जाडोमा अाेढ्ने सल, लगाउने माेजासहित फलफूल वितरण गरिएकाे छ ।

यसैबीच अखिल (क्रान्तिकारी) दाङको अायाेजनामा तुलसीपुर उपमहानगरपालिका १७ वनकट्टीमा रहेको सहिद स्मृति अावासीय विद्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।
अखिल (क्रान्तिकारी) दाङका जिल्ला अध्यक्ष अनिल केसीको अध्यक्ष तथा सञ्चालनमा भएको कार्यक्रममा संगठनका राप्ती ब्युरो संयाेजक दिपक बिष्टको प्रमुख अातिथ्यमा शुभकामना अादानप्रदान कार्यक्रम थियो । साेहीक्रममा विद्यार्थीहरु विद्यार्थीहरुले एकअापसमा हर्षउल्लासका साथ टीका लगाएर शुभकामना अादानप्रदान गरेका थिए ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीको छैठौं पुनर्गठन दिवसको अवसरमा पार्टीको सहायक संगठन युवा संगठन, नेपाल दाङले पनि अाज तुलसीपुरमा रहेको श्री प्रा. वि.श्रीगैमा अध्यनरत बहिरा तथा सुस्त श्रवण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
तुलसीपुरमा रहेको श्री प्रा. वि.श्रीगैमा अध्यनरत बहिरा तथा सुस्त श्रवण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको युवा संगठन दाङले जनाएको छ । अाज बिहान उक्त विद्यालयमा एक अाैपचारिक कार्यक्रम गरि ६५ जना विद्यार्थीहरुलाई विभिन्न शैक्षिक (स्टेशनरी) सामग्री एकमुष्ठ विद्यालयका प्रध्यानाध्यापक फर्साराम खनाललाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै युवा संगठनका राप्ती ब्युरो इन्चार्ज अनिलले सर्वप्रथम त पार्टी पुनर्गठन दिवसकाे सबैलाई शुभकामना दिनुभएको थियो ।
बहिरा तथा सुस्त श्रवण विद्यार्थीहरुलाई राज्यले उचित व्यवस्थापन गर्न नसकेको बताउदै उहाँले ती विद्यार्थीहरुलाई पढाइमा थाेरै मलमपट्टीकाे रूपमा हाैसला प्रदान हाेस् भन्ने उदेश्यले शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभयो ।
एक अर्काे प्रसङ्गमा उहाँले देशकाे भूमि मिचिदा पनि सरकार माैन रहेको भन्दै सिमानामा सेना प्रहरी खटाउनुकाे साटो अाफुहरुलाई दमन गर्न लगाएकोप्रति अाक्राेश व्यक्त गर्नुभयो । अब यो सरकार, समग्र यो व्यवस्थाले नेपाल र नेपालीको रक्षा गर्न नसक्ने भन्दै नेपाली भूमिकाे रक्षा र राष्ट्रियता, जनतन्त्र, जनजीविकाका लागि एकीकृत जनक्रान्तिमा याेगदान गर्न सबैलाई अपिल गर्नुभयो ।

यस्तै देउखुरीकाे राजपुरमा पनि जनताहरुसँग टीका अावरण गर्दै शुभकामना अादानप्रदान गरिएको नेपाल कम्युनिस्ट पार्टी दाङले जनाएको छ ।