कालिकोटमा जनसरकारको अायाेजनामा पचाल झरना पदयात्रा सम्पन्न

प्रकाशित मिति : सोम, मंसिर ९, २०७६



कालिकोट,
नेपाल कम्युनिस्ट पार्टी कालिकोट र पचालझरना गाउँ जनसरकारको संयुक्त अायाेजनामा पचाल झरना पदयात्रा गरिएको छ । उक्त पदयात्राको क्रममा कालिकोटमा निमार्ण गरिएको सहिद स्तम्भमा नेपाल कम्युनिस्ट पार्टीको झण्डा गाडेर पदयात्रा समापन गरिएको बताइएको छ ।
पदयात्रामा पार्टी ब्युरो सदस्य संगम जिल्ला सेक्रेटरी रणदिप, एरिया ईन्चार्ज दिलमान, गाउँ जनसरकार प्रमुख चम्फसिङ बस्नेत लगायत स्थानीय नेता कार्यकर्ताहरुको सहभागितामा शहिदहरुको नाममा गितहरु गाउनुका साथै शहिदहरुको सपना बैज्ञानिक समाजवादमा पूरा हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै पचाल झरनाको वास्तविक पहिचान बैज्ञानिक समाजवादमा हुने ठोकुवा गर्नु भयो ।