प्रहरीको हस्तक्षेपकाबीच भारतीय अतिक्रमण विरुद्धको कार्यक्रम दाङमा भव्य रूपमा सम्पन्न (भिडियोसहित)

प्रदर्शन कार्यक्रमबाट अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष अनिल केसी र सचिव खुमन पाैडेल गिरफ्तार

प्रकाशित मिति : बिहि, मंसिर १२, २०७६



दाङ, १२ मंसिर ।

 

कालापानी, लिपुलेक लगायत नेपाली भूमि भारतले मिचेको विरोधमा अखिल (क्रान्तिकारी) दाङले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रम प्रहरीको हस्तक्षेपका बीच भव्य रूपमा सम्पन्न भएको छ ।

विरोध प्रदर्शन कार्यक्रमबाट अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अनिल केसी र जिल्ला सचिव खुमन पाैडेललाई प्रहरीले गिरफ्तार गरेको छ ।

विरोध प्रदर्शन कार्यक्रममा विद्यार्थीसहित अाउदै गर्दा आज बिहान पद्मोदय पब्लिक नमुना उच्च माध्यमिक विद्यालय नजिकबाट अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अनिल केसीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यस्तै खुमनलाई रझेना स्कुलबाट विद्यार्थीहरुकाे र्यालीबाटेै गिरफ्तार गरेको छ

गिरफ्तारीकाबीच पनि विभिन्न स्कुलका विद्यार्थीहरूले नेपालको भूमि कालापानी, लिपुलेक लिम्पियाधुरा हाम्रो हो, हाम्रो भूमि फिर्ता गर, भारतीय दादागिरी बन्द गर, भारतीय साम्राज्यवाद मुर्दावाद भन्दै सडकमा ओर्लिए । विभिन्न रोडबाट निस्किएको विद्यार्थीहरुको र्यालीले घोराहीको बजार परिक्रमा गरेको थियोे ।

सर्वोच्च अदालतले समेत राष्ट्रियताको प्रदर्शनमा दमन, धरपकड र गिरफ्तार नगर्न फैसला गरेको बेला राज्यद्वारा गरिएको दमन र धरपकडप्रति सबैको ध्यानाकर्षण गरिएको छ ।