भारतीय हस्तक्षेपका विरुद्धमा अखिल (क्रान्तिकारी) द्वारा कैलालीमा विद्यार्थी विरोध र्यालीसहित नक्सा प्रदर्शन

प्रकाशित मिति : शुक्र, मंसिर २०, २०७६



नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सेती महाकाली ब्युरो अन्तर्गत कैलाली जिल्ला समितीले भारत हस्तक्षेपका विरुद्धमा बिरोध र्यालीसहित नक्सा प्रदर्शन गरेको छ । कैलालीका विभिन्न विद्यालयका विद्यार्थीहरुसहित र्याली निकाल्दै नेपालको बृहत नक्सा प्रदर्शन गरेको छ । बिद्यार्थीहरुको स्वत स्फुर्त सहभागीता रहेको उक्त र्यालीपछि काेणसभासहित नक्सा प्रदर्शन गरेको थियो ।

कोणसभाको संचालन क्रान्तिकारीका जिल्ला सचिव महेश पातलीले गरेका थिए भने कोणसभालाई सम्बोधन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बबरजङ्ग सिंहले गरेका थिए ।
यस अगाडी अखिल (क्रान्तिकारी) सेती महाकाली ब्यूरोले भारतद्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएको विरुद्धमा कंचनपुरको महेन्द्रनगरमा हजारौं विद्यार्थी सहित विरोध प्रदर्शन गरिएको थियो । उक्त विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रिय सदस्य बबरजङ्ग सिंह र कंचनपुर अध्यक्ष नरेन्द्र भाटद्वारा सम्बोधन गरिएको छ ।

जुलुसको नेतृत्व अखिल (क्रान्तिकारी) क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहकाे नेतृत्व गरिएका थियाे । विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रीय सदस्य प्रकाश जप्रेल, शंकर महरा र कैलाली जिल्ला अध्यक्ष सुबास जोशी लगायत जिल्ला स्तरीय नेताकार्यकर्तासहित हजारौं विद्यार्थीको सहभागीता रहेको थियो ।