जनपत्रकार संगठन सेती महाकालीकाे जनपक्षीय पत्रकारिता तालिम सम्पन्न (फाेटाेफिचरसहित)

प्रकाशित मिति : शनि, मंसिर २१, २०७६



 

जनपत्रकार संगठन, नेपाल सेती महाकालीकाे पाँच दिने जनपक्षीय पत्रकारिता तालिम अाज सम्पन्न भएको छ ।

जनपत्रकार संगठन, नेपाल सेती-महाकाली क्षेत्रीय समन्वय समितिकाे अायोजनामा अायोजित जनपक्षीय पत्रकारिता तालिमकाे अाज एक अाैपचारिक कार्यक्रम गरि समापन गरिएको छ ।

कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती महाकाली ब्युरोका इन्चार्ज अाेमप्रकाश पुनकाे प्रमुख अातिथ्यमा भएको तालिम समापन कार्यक्रममा प्रमुख अतिथि अाेमप्रकाश पुन, जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम विष्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका सेती महाकाली ब्युरो संयाेजक पूर्णिमा धामी लगायतले बाेल्नुभएकाे थियो ।

तालिममा सुदुरपश्चिम तथा सेती महाकालीका कैलाली, कञ्चनपुर, बझाङ, बैतडी, डडेल्धुरा, अछाम, डाेटी, बाजुरा, दार्चुला लगायत जिल्लाबाट प्रतिनिधित्व हुने गरि सहभागिता रहेको थियो ।


जनपक्षीय पत्रकारिता तालिमकाे प्रशिक्षकमा जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, संगठनका महासचिव हिम बिष्ट, संगठनकै केन्द्रीय काेषाध्यक्ष जानकी चाैधरी रहेका थिए ।

मंसिर १८ गतेदेखि सुरु भइ अाज समापन भएको कार्यक्रममा पूर्व संविधानसभा सदस्य पुरन राना थारु समेतको उपस्थिति रहेको थियो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि अाेम प्रकाश पुनले प्रदान गर्नुभएको थियो ।

राजेन्द्र क्षेत्रीकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य भावेश उपाध्यायले राखेका थिए भने कार्यक्रमको सञ्चालन राेषण खत्रीले गरेका थिए ।