भारतले नेपाली भूमि अतिक्रमण गरेको विरुद्ध सडक कविता आन्दोलन सुरु

प्रकाशित मिति : मङ्ल, मंसिर २४, २०७६



 

२४ मङ्सिर, काठमाडौ ।

कालापानी लिपुलेक लिम्पियाधुरा लगायत देशका विभिन्न भुभागहरुमा भारतिय हस्तक्षेप र सिमा अतिक्रमणको बिरुद्द क्रान्तिकारी देशभक्त कवि सर्जकहरुले सडक कबिता आन्दोलनको सुरुवात गरेका छन् ।
आज काठमाडौको गोङगबु चोकमा सम्पन्न भएको कार्यक्रममा विभिन्न कवि एब सर्जकहरुले सिमा अतिक्रमण र भारतिय हस्तक्षेपको बिरुद्द कबिता बाचन गरेका थिए ।
कार्यक्रममा क्रान्तिकारी युवा साहित्यकार रसुवाली कवि, बि पि बिद्रोही, कवि महेन्द्र थुलुङ राई, कवि दिपेन सिम्खडा, अग्रज साहित्यकार रत्न प्रसाद अनाममणी, बिज्ञान शर्मा, नारायण ढकाल लगाएत दर्जनौ स्थानीय र सर्बसाधरणहरुको उपस्थिति रहेको जनाइएको छ ।कार्यक्रममा कविता बाचन गर्दै कवि एब सडक कबिता आन्दोलनका अभियन्ता रसुवाली कबिले राष्ट्रियता सङकटमा परेको बेला सबै कवि सर्जक एब साहित्यकारहरुलाई सडकमा ओर्लिन अाह्वान गर्नुभयो ।त्यस्तै अर्का सर्जक एब अभियन्ता बि पि बिद्रोहिले सडक कविता आन्दोललाइ निरन्तरता दिने बताउनुभयो।

राष्ट्रियता सङकटमा परेको यस घडिमा कवि एब सर्जकहरु सडकमा ओर्लिनुलाई निकै महत्त्वका साथ हेरिएको छ ।