देश दुर्घटना उन्मुख छ

- सम्झना वि.क.

प्रकाशित मिति : मङ्ल, पुस १५, २०७६



 

आजको परिवेश समय पेचिलो छ, राष्ट्र सङ्कटमा छ, सिमा अतिक्रमण बढ्दो छ, ठगी बेइमानी हत्या, हिंसा चुलिदै छ, न्याय कहाँ छ ? त्यो त कुरै नगरौ Mcc को बारेमा बोल्नु पर्छ की पर्दैन सचेत नागरिकको अगाडि अनिवार्य प्रश्न बनिसकेको यता तिर मतलब छ की छैन ? देश कान्डै कान्डको दलदलमा फस्दै दुर्घटना उन्मुख छ तर धेरै जना नेताको अगाडि पछाडि दौडमा होडबाजी गर्दै आडमा बस्दै सेल्फी खिचेर फेसबुकमा अपलोड गर्दै कसैले एक ठाउँबाट अर्को ठाउँ कामको जिम्मा लिएर जान्छ बधाई र शुभकामना आदन प्रदान गर्न हतार छ, मानौ को फस्ट हुने जस्तो शुभकामना दिन लायक काम गर्ने रास्ट्रका हस्तिहरु कहाँ छन्, एकचोटि मनन गर्न जरुरी छ । महाबिर पुन जस्ता हस्ती रास्ट्रको लागी केही गर्छु भन्नेहरु हात थापेर चन्दा माग्दैछ्न् महान जनयुद्धको प्रक्रियामा जेल ब्रेक गरेर दुनियाँको सामु आफ्नो बहादुरीता साबित गर्दै सर्बहारा वर्गको मुक्ती र सिङ्गो नारीहरुको आदर्श पात्र उमा भुजेलहरुको हातमा हत्कडी छ भने दुनियाँ दिवाना शिर्षकमा तालिम गाेष्ठी जागरणको नाममा जनताको पसिनाबाट असुलेका कर, भत्ता र सेवा सुविधा अमुख समाजमा चतुर्‍याइँ गर्ने चटकेहरुको पेट भरिन्छ । हो व्यक्तिगत जिबनको पनि उत्तिकै महत्त्व छ तर कस्ले के गर्छ त्यो प्रमुख की राष्ट्रको समस्या ? व्यक्ति कसले के गर्छ त्यो ठुलो कुरा होइन यो चलि रहन्छ विषय रास्ट्रको समस्या आजको जल्दो बल्दो छ । गलत संस्कार चिन्तन प्रवृतिको विरुद्ध बहस उथान गर्न जरुरी छ । नेता र राजनीतिको दास बनेर कतिदिन बस्ने हो ? सहि र मुख्य मुद्दामा सबै एक ठाउँमा केन्द्रीकृत हुदाँ के हुन्छ ? सबैले सबैको राजनैतिक आस्था र विचारलाई सम्मान गर्दै रास्ट्रको मुख्य मुद्दामा गोलबन्द हुनु आजको अनिवार्य प्रश्न बन्दैछ । सुरक्षा निकाय, निजामती कर्मचारी हरेक ठाउँमा इमान्दार नैतिकवान नागरिक छैन त, छ तर चुपचाप किन ? दास मनोवृत्तिको पराकाष्ठा होइन त यो ? एकथरी रमिते बन्ने अर्कोथरी दलालहरुले छर्किदिएको कनिका टिप्न ठेलम ठेला गर्ने र स्वार्थमा धक्का लागेमा वा भागबन्डामा कुरा नमिले अब्ब्ल क्रान्तिकारी बन्ने र सोजासाझालाई केही समय भ्रममा हिडाउने यो प्रचलनको पर्दाफास र अन्त्य हुनुपर्छ कि पर्दैन? हिम्मतका साथ दलाल, माफिया, घुसखोरी, भ्रष्टाचारीको विरुद्ध सचेत र नैतिकवान नागरिक आफुलाई साबित गर्दै मेरो नेता मेरो पार्टी मेरो आफन्त होइन निर्ममतापुर्बक माफिया दलाल र भ्रष्टहरुको विरुद्ध आगो ओकल्न जरुरी छ र मात्र गलत संस्कारको अन्त्य हुनसक्छ अनि सहि चिजलाई हाबी बनाउन सकिन्छ र मात्र देशले हरेक ठाउँमा जित्ने छ । खस्ला र खाउलाको चिन्तनले नेपालका अधिकांश युवाहरुलाई चाप्लुसी र चम्चागिरिमा लगेर सिद्याउदैछ ? यति मात्रै हो र मानव जीवन ? अबस्य होइन तेसैले विशेषत: राजनीतिक कार्यकर्ताहरु, सामाजिक अभियान्ताहरु, नागरिक समाज, पत्रकारहरु, बुद्धिजिबिहरु, कलाकार सबै सत्यको पक्षमा निर्धक्क उभिनु पर्ने आजको अावश्यकता हो । पद, प्रतिस्ठा, अवसरहरु क्षमताको आधारमा वितरण हुनुपर्छ भन्ने मानसिकताको विकास गरौ न कि कसैको चाप्लुसी चाकरीको आधारमा होइन । यी सब संस्कारको प्रोत्साहन कतै हामीले नै गर्दै त छैनौं ? सचेत रहौ र निर्धक्कतापूर्बक आफुले गलत चिजको बहिष्कार गरौ । आफैबाट रुपान्तरणको सुरुवात गरौं, सहि मुद्दाहरुमा गोलबन्द हौं, यो स्तरमा उठनुपर्ने समयको तत्कारो माग बनिसकेको छ ।