नेपाली जनप्रगतिसिल मोर्चा साउदीले दियाे ६३ नेपाली महिलालाई न्याय

प्रकाशित मिति : सोम, पुस २१, २०७६



 

नेपाली जनप्रगतिसिल मोर्चा साउदी द्वारा – साउदी अरबमा समस्या मा परेका ६३ जना महिला मजदुरको समस्यालाई समाधान गरेको छ ।
विगत १४/१५ महिना पहिला नेपालबाट Good Service International Pvt बाट ६३ जना महिला मज्दुर साउदी अरब स्थित Scientitic And Medical Equipment House मा आएका थिए र हाल साउदी अरबको विभिन्न क्षेत्रमा सोही कम्पनीमा कार्यरत महिलाहरुलाई नेपालबाट गराइएको सेवा सुबिधा विशेष गरि मासिक सेलरी तोके बमोजिमको नभएको हुनाले बिगत पाँच महिना अगाडि ती पीडित महिला दिदी बहिनीहरुले प्रबासमा मजदुरको हक हित र न्यायका लागि आफ्नो बुलन्द अावाजका साथ मजदुरको पसिना र रगतको मुल्यांकन गर्न सक्ने एक मात्र मोर्चा छ भन्ने सुनेपछि पीडित महिलाहरुले आफूमाथी अन्याय भएको र भने जस्तो सेलरी नपाएको हुदा न्याय खोजी पाउ भनी निबेदन गरेका थिए ।