सरकारले गरेको MCC सम्झौता विरुद्ध कतारबाट बेद बोहोराको आक्रोश

प्रकाशित मिति : सोम, पुस २१, २०७६



अाज नेपालमा बिरोजगारीको कारणले विश्वको विभिन्न देशहरुमा 80 लाख युवा हरु बिदेशि भुमिमा पलायन भएका छन् । ती बिदेशी युवाहरुको अाय स्रोत नेपालमा वार्षिक तीन खर्ब रेमिट्यान्स नेपालमा भित्र्याउन सफल भएका छन् । यहि रेमिट्यान्सले नेपालको अर्थतन्त्र चलेको छ ।

यो MCC सम्झोैता एउटा देखावटी रुपमा विकास निर्माणको लागि अनुदान भनिए पनि खासमा यो विकास निर्माणको प्रश्न नै होइन, यो विशुद्ध राजनीतिक र सामरिक र फौजी प्रस्ताव हो ।

एमसीसीलाई नेपालको संसदबाट अनुमोदन गर्नुपर्ने भन्ने प्रस्तावमा छ । यो भन्दा बढी रकमको अर्थात् ५६ अर्वको सहयोग त चीनले घोषणा गर्यो तर संसदले अनुमोदन गर्नु परेन 56 अर्बको सहयोग चिनले घोषणा गर्दा सदन होस वा सडक होस वा ब्यक्ति बिशेष किन बिरोध अाएन ।

वास्तवमा एमसीसी संसदबाट पारित भएपछि नेपालको कानुन प्रभावहीन हुन्छ र यसले यउटा भाबि पुस्तामा भयभित स्थिति लिन्छ । हामीले एउटा उदाहरण लिन सकिन्छ । हाम्रो छिमेकी मित्र रास्ट्र भारत हिजो यसरी नै गुलियो देखाएर कोशी, गण्डकी, महाकाली, सम्झोैले अाज हामीले यसको परिणाम भोगिरहेको उदाहरण जिबित नै छ ।

MCC पनि यउटा रास्ट्रघाति सम्झोैता हो यसले दिर्घकालिन भाबि पुस्तालाई यो भन्दा पनि MCC सम्झोैता पास भएको खण्डमा यसले ठुलो बिक्राल स्थिति लिनेछ ।

यसकारण पनि MCC सम्झोै नेपालको लागि मैत्रीपूर्ण छैन ।क्षणिकको लागि केही राजनीतिक दललाई फाइदाजनक होला । दिर्धकालिन रुपमा हाम्रो भाबि पुस्तालाई एउटा ज्वालामुखि बिस्पोट सरह भयभित समय अाउने छ र हामीलाई भाबि पुस्ताले धिकार्ने छ ।

जस्तै ज्वलन्त उदारण छ इराकी संसदले इराक छाड्न निर्देशन दिएपछि डोनाल्ड ट्रम्पको आजको भनाइ यस्तो रहेको छ । इराकको यो निर्णय मैत्रीपूर्ण छैन । हामीले इराकमा धेरै ठुलो लगानी गरेका छौं । तेसै छाड्दैनौं। ‘हामी तिमीहरूले कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिन्छौं”।

यहि भनाइलाई आधार मानेर MCC लाई हेर्दा यस्तो देखिन्छ ।
“नेपालको यो निर्णय मैत्रीपूर्ण छैन। हामीले नेपालमा ५० करोड डलर लगानी गरेका छौं तेसै छाड्दैनौं। ‘हामी तिमीहरूले कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिन्छौं”।
यो अवस्था अनिवार्य अाउने छ । हाम्रो भाबि पुस्ताले हामीलाई धिकार्ने छन् । भोलिका दिनहरुमा अमेरिकाले चिन र रुसको बिरुद्धमा नेपालमा सैनिक क्याम्प नेपालमा खडा गर्ने र नेपाल रणभुमि निश्चित हुनेछ !