थारु समुदायको मौलिक पहिचान बचाउन आवश्यकः

प्रकाशित मिति : आइत, पुस २७, २०७६



निता चौधरी
तुलसीपुर २७ पौष ।
थारु समुदायको मौलिक पहिचान बचाउन आवश्यक भएको तुलसीपुर उपमहानगरपालिका वडा नंबर १० का अध्यक्ष कुमार लामिछानेले बताउनु भएको छ । थारुहरुको संस्कृति परम्परा दाङको पहिचानका निम्ति यसलाई जोगाउनुपर्ने उहाँको भनाई थियो । वडा स्तरीय यूवा क्लव तुलसीपुर उपमहानगरपालिका १० को आयोजनामा सनिबार भएको वडा स्तरीय माघ विशेष सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
थारु समुदायको मौलिक पहिचानलाई बचाउन यूवा क्लवहरुको भूमिका महत्वपूर्ण भएको पनि प्रमुख अतिथि लामिछानेले बताउनु भयो ।
जनजाती भएकै कारण अझै पनि राज्यले थारुहरुका हकअधिकार सम्बोधन गर्न नसकेको र सम्बोधन गराउनका लागि राज्यसँग अनुरोेध गर्न महिला मानव अधिकारकर्मी सुष्मा गिरीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, जनजाती भएकै कारण अझै पनि राज्यले थारुहरुका हकअधिकार सम्बोधन गर्न सकेको छैन । थारुहरुको विशेष हकअधिकारलाई अझै पनि लिपिबद्ध पार्न सकेको छैन, भएका कुराहरुलाई कार्यान्वयन गर्न सकेको छैन, त्यसैले त्यतातिर ध्यान दिनुपर्छ, उहाँले भन्नुभयो ।

उहाँले हरेक किसिमका नराम्रा विकृति हटाउदै अगाडि बढ्नु पर्ने उहाँको भनाई थियो । आप्mनो हकहितका लागि लड्ने मात्र नभइ एकअर्कालाई सम्मान गर्ने बानीको विकास गराउने पर्वको रुपमा माघलाई लिइने गरेको बताउनु भयो ।
कार्यक्रम मूल आयोजक समितिका संयोजक तथा वडा स्तरीय यूवा क्लव तुलसीपुर १० का अध्यक्ष पुरन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंबर १० का अध्यक्ष कुमार लामिछाने, महिला मानव अधिकारकर्मी सुष्मा गिरी, नमुना भुइँह्यार थान समिति तुलसीपुर ५ का अध्यक्ष रामशरण चौधरी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा थारुहरुको मौलिक पहिचान झल्किने विभिन्न किसिमका मघौटा नाच, राष्ट्रिय थारु कलाकारहरुको प्रस्तुतिका स्थानिय कलाकारहरुको पनि रहेको थियो । थारु समुदायको मौलिक पहिचान जगेर्णाका लागि, कार्यक्रमको आयोजना गरिएको वडा स्तरीय यूवा क्लव तुलसीपुर १० का अध्यक्ष पुरन चौधरीले बताउनु भयो ।
वडा स्तरीय यूवा क्लव तुलसीपुर उपमहानगरपालिका वडा नंबर १० को आयोजनामा भएको कार्यक्रममा स्वागत मन्तब्य चेत बहादुर रावत र सहजिकरण बिष्णु कुसुम र निता चौधरीले गर्नुभएको थियो ।