जिर्न अवस्थामा रहेको ऐतिहासिक मन्ठाेर्या मन्दिरकाे पुर्ननिर्माण कार्य सम्पन्न

थारू संस्कृति, इतिहास, पहिचान संरक्षणका लागि माघ ४ गते माघी मेला हुने

प्रकाशित मिति : मङ्ल, पुस २९, २०७६



 

जिर्न अवस्थामा रहेको थारू ऐतिहासिक मन्ठाेर्या मन्दिरकाे पुर्ननिर्माण कार्य भर्खरै सम्पन्न भएको छ ।
दाङको घाेराही उपमहानगरपालिका -१० उत्तर अमराइमा स्थित रहेको मन्ठाेर्या मन्दिर थारू ईतिहास एवं थारू राजा दंङ्गीशरणसँग जाेडिएकाे छ । अग्नावशेषका रूपमा जिर्न अवस्थामा पुगिसकेको मन्दिरको संरक्षणका लागि स्थानीय मंगल प्रसाद चाैधरीकाे अगुवाइमा पुरातात्त्विक विभागकाे अधिनमा पुर्ननिर्माण कार्य सम्पन्न भएको हो ।

स्थानीय जनश्रमदान र पुरातात्त्विक विभागकाे सहयोगमा अार्थिक वर्ष २०७५/०७६ अन्तर्गत श्रिशक्तिदेवी भगवती मन्ठाेर्या मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मंगल प्रसाद चाैधरीकाे अगुवाइमा मन्दिरकाे चर्केकाे गाह्राे, रंगरोगन, मुर्ति र गजुल राखेर अाकर्षक रूपमा पुनः निर्माण गरिएको छ ।
यसैबीच साेही मन्दिरमा प्रत्येक वर्ष थारू संस्कृति, इतिहास, पहिचान संरक्षणका लागि माघ ४ गते माघी मेला कार्यक्रम अायाेजना गरिन्छ । यस वर्ष पनि माघ ४ गते श्रिशक्तिदेवी भगवती मन्ठाेर्या मन्दिर व्यवस्थापन समितिकाे अायाेजनामा माघी मेला कार्यक्रम अायाेजना गरिएको मन्ठाेर्या मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मंगल प्रसाद चाैधरीले जानकारी गराउनु भएको छ । थारू लगायत विभिन्न जाति समुदायको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम समेत हुने चाैधरीले बताउनु भएको छ ।