वर्तमानमा टेकेर इतिहास फर्केर भविष्यलाई हेर्दा

प्रकाशित मिति : बुध, माघ ८, २०७६ - हेमन्त जिसी



 

 

जनताकाे सुदिन स्वर्णिम संसार ल्याउन र देशकाे स्वाधिनता जाेगाउन पहिलाे र अकाट्य सर्त नै सायद त्याे देशकाे विभेदकारी निरङ्कुस फाँसिष्ट दलाल राज्य व्यवस्थाकाे चिहानमाथि अामूल रुपान्तरण सहितकाे जनराज्य व्यवस्थाकाे स्थापना हाे । उक्त राज्य व्यवस्था निकै सुन्दर तर कष्टपूर्ण, चुनाैतिपूर्ण र महान वर्ग संघर्षकाे भट्टिबाट मात्र सम्भव छ । हाे, त्यही महान तर कष्टपुर्ण र चुनाैतिपूर्ण संघर्षमा हेलिनु पूर्व त्यसलाई मार्ग निर्दिष्ट गर्ने विचार, पार्टी र नेतृत्व अनिवार्य अर्काे सर्त हाे भने त्यसकाे विकास र रक्षा गर्दै विजय शिखरसम्म पुर्याउन विचारद्वारा लैस जनताकाे सेना र सबैलाई अनुमाेदन गर्ने अपार जनताकाे समर्थन अर्काे महत्वपूर्ण र अनिवार्य सर्त हाे ।
यी सबै कुराकाे सम्भव त्यति बेला मात्र छ जतिबेला अाम जनताले महसुस गर्छ अझ त्यसमा पनि युवाहरुले गर्छ र अाफुलाई पूरै समर्पित भावसहित अग्रमाेर्चामा सामेल गराउन उदेलित हुन्छ । उनीहरु साच्चै सदा सदा देश र जनताकाे मञ्झेरीमा दिप बनेर बलि नै रहन्छन् वीर सहिद दशरथल चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र धर्मभक्त माथेमाहरु जस्तै र त उर्जा र विचार सहितकाे जनअाक्राेसले निरङ्कुस फाँसिवादी तानाशाहा गर्ल्याम गुर्लुमै ढल्छ । तीनैका प्रेरणाहरुले चिनियामान श्रेष्ठहरु राष्ट्रियता रक्षाकाे लागि बलिभेटि दिने एक अमिट अादर्श पात्र मात्र बन्दैनन् बरु युग युग चम्किरहने हिरा बनेर ज्याेति छरि रहन्छन् । उस्तै नै बन्छन् दिल बहादुर रम्तेल, वेनाेज अधिकारी अनि वेपत्ता याेद्धा क. पुर्ण पाैडेल, विपिन भण्डारी, राम कुमारी चाैधरी क.नविनाहरु जस्तै हजाराैं हजार अनि त्यसैमा झनै युगपुरुष बनेर चम्किरहन्छन् कृष्णसेन ‘इच्छुक’, रामवृक्ष यादव, किम ब. थापा क. सुनिल, सुरेस वाग्ले क. वासु अनि चम्किनै रहन्छन् प्रथम महिला सहिद क. धनमाया श्रेष्ठहरुसँगै हजाराैं हजार तिनै महान विर विरगहनाहरु । तिनै थुप्रै महान ईतिहासहरुमध्ये क्रान्तिकाे प्रेरणा र उर्जाकाे स्राेत सयाैं अान्दाेलनहरु मध्येका सहिद क. कृष्ण सेन इच्छुक, दाङका प्रथम विद्यार्थी सहिद क. हाेताराम वि.क., अर्जुन चाैधरी क. राहुल, माधव धिमिरे, कमल पि. एम. हरुकाे त्याे उमेरमा अाएकाे चेतना, परिपक्वता, विरता र बलिदानका इतिहासहरुले उर्जा, अाक्राेस र बदलाभाव सहितकाे मालेमावादी विचारद्वारा निर्दिष्ट महासमरकाे यात्रामा विजयकाे मञ्जिल चुम्न लाग्ने प्रेरणा नाै जवान युवाहरुबाटै पैदा हुन्छ, हुनुपर्छ र गर्नु पनि पर्छ भन्ने एउटा प्रेरणा मिल्दछ इतिहासबाट ।
फलत: अान्दाेलनका दाैरानमा अान्दाेलन विघठन गर्न अाएका हरेक किटाणुहरुसँग सहजै मुकाविला गर्दै सहिदकाे रगतले सिंचिएकाे किसानहरुकाे साैभाग्य हँसिया र श्रमिकहरुकाे साैभाग्य हताैडा अंकित रक्तरञ्चित राताे झण्डाकाे रक्षार्थ एकीकृत जनक्रान्तिसम्म अविचलित अटुट अास्था बाेकेर क्रान्तिकाे एक अाधार बन्न काेसिस गरिरहन उर्जा, प्रेरणा, हाैसला र अठाेट दिएकाे छ ।
सजाएर मुटुभरी एकीकृत जनक्रान्तिका सहिद क.महान र क.प्रज्वलहरु सहित हजाराैं हजारकाे बलिदानका कृतिहरुलाई, जाेगाएर घाइते तथा वेपत्ता याेद्धाहरुकाे सुन्दर सपनाहरुलाई पूरा गरि छाड्ने एक तमासकाे हुटहुटी सहितकाे वेग्रह चाहना जगाएकाे छ । त्यही सपना पूरा गर्न निरन्तर एक अथक यात्री बनेर पाैठेजाेरी गर्दै कहिले उठ्दै, कहिले पछारिदै, दाैड्दै त कहिले माेर्च्चाहरुबाट लखटिदै गर्दा पनि अटुट अास्था बाेकेर शिखर बन्न खाेज्ने अाधार पंक्तिका वेप्रवाह र वेतुकका महत्वाकांक्षी प्रदुषणहरुबाट बच्दै र बच्ने काेसिससहित ।
हाे यसरी हेर्दा ईतिहास एक गर्वकाे पुष्प लहरीहरुले सजिसजावट छ जसले वर्तमानलाई एक मनमाेहक परिदृष्य सहितकाे उर्जा र प्रेरणा प्रज्वलित गरिदिएकाे छ तर वर्तमानमा त्यसलाई बचाएर भविश्यलाई प्रज्वलित पार्न सक्ने अास्थाका अाधारहरु खिया लाग्न खाेज्दै गरेकाे परिदृश्यले कतै भविश्य अन्धकारकाे भुमरीमा त फस्दैन गम्भीर प्रश्न सहितकाे उत्तर बाेकेर अडिएकाे छ वर्तमान । याे एउटा अजङ्गकाे चुनाैति अास्थाका अाधारहरुबाट हाेइन अाधार हुनु पर्ने शिखरका महत्वाकांक्षामा टाउकाले टेकेर हिड्न खाेज्ने अाधार पंक्तिकारहरुकाे व्यवहारहरुले गर्दछ । त्यसैले अालाेचना र अात्मालाेचना सहित गम्भीरतापूर्वक रुपान्तरित हुँदै नीति र विधिमा टेक्दै नीति भित्र नियति बेच्ने व्यापारीहरुप्रति कठाेर र निर्मम बनाैं । यसले मात्र ईतिहासकाे गर्विलाे शिक्षाद्धारा वर्तमानलाई दिक्षित गरेर सुन्दर भविश्यलाई मार्ग निर्दिष्ट गर्न सक्छ, त्याग, समर्पण, बलिदानकाे भव्य अालाेकमा ईतिहासलाई जाेड्ने वर्तमानलाई माेड्ने र भविष्यलाई स्वर्णिम बनाउने एक अचुक अस्त्र एकीकृत जनक्रान्ति बन्न सक्छ ।