ने.क.पा.द्वारा राजबन्दीहरुकाे रिहाइ र एमसिसी खारेजीको माग गर्दै देशव्यापी फोटोसहित प्रदर्शन

प्रकाशित मिति : शुक्र, माघ १०, २०७६



 

नेपाल कन्युनिस्ट पार्टीले राजबन्दीहरुकाे रिहाइ र एमसिसी खारेजीको विषयमा देशका विभिन्न ठाउँमा आज फोटो सार्वजनिकसहित छलफल, भेटघाट र अन्तरकृया सम्पन्न गरेको छ ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी कालिकोटले पार्टीको केन्द्रिय कार्यक्रम अनुरुप जिल्लाका विभिन्न ठाउँमा सरकारबाट गैरकानुनी रूपले गिरफ्तार गरिएका अाफ्ना नेता कार्यकर्ताहरुकाे फाेटाे सार्वजनिकसहित प्रदर्शन गरेकाे छ ।

आफ्नो राजनीतिक तथा सांस्कृतिक अभियान तिब्र रूपमा गरिरहेको उक्त पार्टीले कालिकोटको माल्कोट सेरापाटामा विशाल जनसभासहित कार्यक्रम गरेकाे छ । उक्त कार्यक्रममा जिल्ला इन्चार्ज कर्ण भण्डारी ‘बिराट’ जिल्ला सेक्रेटरी रणदिपले सम्बाेधन गरेका थिए ।
उहाँहरुले दलाल सरकारका विरुद्ध देशबासी र राष्ट्रप्रेमी आम नेपालीलाई आफ्नो राष्ट्रिय जनजागरण अभियानमा सहभागी हुन अनुरोध गरेे  । Mcc लाई कुनै पनि हालतमा आफ्नो पार्टीले पास हुन नदिने यदि पास भएमा कडा संघर्षमा जाने चेतावनी दिए  ।

यस्तैै कार्यक्रममा  केन्द्रिय साँस्कृृृृतिक  सामना परिवार , भेरी कणार्ली ब्युरोका कलाकारहरुले विभिन्न प्रस्तुती प्रस्तुत गरेका थिए ।

यस्तै दाङको बिजाैरी र नवलपुरमा पनि राजबन्दी रिहाइ र एमसिसी खारेजको विषयमा फोटो सार्वजनिकसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विवादित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको विरुद्ध देशव्यापी भन्डाफोर आन्दोलनका कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको बताइएको छ ।

माघ १५ गतेसम्मका चरणबद्ध विभिन्न कार्यक्रमको सार्वजनिक गरेको नेकपाले एमसीसी सम्झौता सदनबाट पारित गरिए नेपाल बन्दलगायत विभिन्न किसिमका सङ्घर्ष गर्नेे चेतावनी दिएको छ ।

देशभर ने.क.पा. का केन्द्रीय नेतासहित हजार भन्दा बढि राजनीतिक विचारकै कारण गिरफ्तार भएका छन् ।