ने.क.पा. द्वारा कालिकोटको गाउँगाउँमा राष्ट्रियतासम्बन्धि जागरण अभियान तिब्र

एमसिसि सम्झौता खारेज नगरे दलालहरुलाई कार्बाही गर्ने चेतावनी

प्रकाशित मिति : आइत, माघ १२, २०७६



नेपाललाई इरान हुन नदिन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको गाउँगाउँमा राष्ट्रियतासम्बन्धि जागरण अभियान जारी राखेको छ ।

एमसिसि सम्झौता खारेज गर्न माग गर्दै कालिकोटमा नेपाल कम्युनिस्ट पार्टीले अाज पनि विशाल जनप्रदर्शन गरेको छ ।

उक्त विशाल जनपर्दशनपछि अायोजित विशाल जनसभालाई जिल्ला इन्चार्ज बिराट र सेक्रेटरी रणदिपले सम्बोधन गर्नु भएको थियो । सम्बोधनको क्रममा राष्ट्रघाती एमसिसि सम्झौता पास गरिएमा नेपालका अमेरिकी दलालहरुको सिरानीमा बम विस्फोट गराइ दिने चेतावनी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी रणदिपले एमसिसि सम्झौता गरेर नेपालको सुरक्षा निकायको ठूलो अपमान हुने गरि अमेरिकी सेनाको क्याम्प राख्ने रणनितीका विरुद्ध मर्न तयार छौं तर एमसिसि पास गर्न दिन्नौ भन्ने ठोकुवा गर्नुभयो । प्रमुख अतिथि बिराटले राष्ट्रघातीहरु सिर ठाडो गरेर हिड्ने राष्ट्रवादीहरु थाक्ने स्थितीको अन्त्य एकीकृत जनक्रन्तीले मात्र गर्ने भएकाले सबै नेपालीहरुले अाफ्नो पार्टीलाई सहयोग गर्नुपर्ने बेला अाएको धारणा ब्यक्त गर्नु भयो ।

उक्त जनसभामा केन्द्रिय सामना परिवार र ब्युरो कलाकारले जनवादी राष्ट्रवादी गितहरुले जनतालाई स्पस्ट पार्ने काम गरेको थियो भने सयौं जनसमुदायको उपस्थिती रहेको थियो ।