राष्ट्र हितमा नभएकाले एमसिसि खारेजीको माग गर्दै सुर्खेतका विभिन्न ठाउँमा प्रदर्शन

प्रकाशित मिति : आइत, माघ १२, २०७६



सुर्खेत,

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्वतन्त्र दलित विद्यार्थीहरुद्वारा सुर्खेतमा एमसिसि सम्झौताको विरुद्ध छुट्टाछुट्टै विरोध प्रदर्शनसहित काेणसभा सम्पन्न भएको छ ।
एमसिसिको विरुद्ध देशव्यापी अान्दोलनकाे कार्यक्रम गर्दै अाइरहेकाे नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यक्रम अनुरुप आज सुर्खेतको बीरेन्द्रनगरमा कोणसभा सम्पन्न गरेकाे हो । राज्यले प्रतिबन्ध लगाएपनि उनीहरूले मुख्य शहर बीरेन्द्रनगर बजारमा बिरोध सभाको जुलुस समेत निकालेका छन् । प्रदर्शन कार्यक्रममा गिरफ्तार पार्टीका नेता कार्यकर्ताहरुकाे रिहाइको माग समेत गरे । सुर्खेत क्षेत्रिय हस्पिटलको चोकबाट र्याली सुरु भइ हरि डिलभुमि मा. बि. को चाेकमा बिरोधसभामा परिणत भएको थियो । काेणसभामा बाेल्दै वक्ताहरूले अमेरिकाले हिन्द–प्रशान्त रणनीतिको मुख्य उद्देश्य पहिलो चीनको प्रभाव र विस्तारलाई दक्षिण एसियामा रोक्ने, दोस्रो दक्षिण एसियामा देखिएको कम्युनिस्ट क्रान्तिको सम्भावनालाई रोक्ने, तेस्रो नेपालको कम्युनिस्ट क्रान्तिलाई रोक्ने र चौथो नेपालमा अमेरिकी सैन्य अड्डा खडा गर्ने रहेकाले यो सम्झौता खारेज हुनुपर्ने बताए ।

यस्तै कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा अाज स्वतन्त्र दलित विद्यार्थी संगठनले राष्ट्रघाति सम्झौता एमसिसिकाे विरुद्ध काेणसभा गरेकाे छ

उक्त काेणसभालाई सम्बाेधन गर्दै स्वतन्त्र दलित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष धन बहादुर नेपालीले एमासिसि राष्ट्रघाती भएकाले नेपाल देशकाे हितमा नभएकाे हरियाे घाँस भित्र बिषालु सर्प भएर एमसिसि नेपालमा अाएकाले यसले देशलाई समृद्धि हाेइन ध्वस्त बनाउने बताउनुभयो । यो सम्झौता पास भयो भने कुनै पनि समयम कसैकाे गुलाम नबनेकाे देश नेपाल गुलाम र जनतालाई दास बनाउने ठाेकुवा गर्नुभयो । एमसिसिमा भएका बुँदाहरुले नेपालकाे सार्वभाैमसत्तामाथि हमला हुने र नेपालकाे कानुन भन्दा एमसिसिमाथि हुने भएकाले याे नेपाली जनतालाई मान्य नहुने भन्दै नेपाली जनता बरु एक छाक भाेकै बस्न तयार छन् तर दास बन्न तयार छ‌‌ैनन्, याे सम्झौता अहिले सम्मका सबै भएका राष्ट्रघाति सम्झौता भन्दा धेरै गुणा खतरा भएकाे र नेपालकाे परराष्ट्र नीति विपरित भएकाले सबै राष्ट्रप्रेमि, देशभक्ति नेपालीहरु एकजुट नभए नेपालकाे स्वाधीनता रक्षा गर्न नसक्ने बताउनुभयाे ।

उक्त कार्यक्रमकाे सञ्चालन स्वतन्त्र दलित विद्यार्थीका सचिव टेकम विकले गर्नुभएको थियाे ।