रास्ट्रपति रनिङ शिल्ड जारी, गोरखाको अग्रता कायमै

प्रकाशित मिति : आइत, माघ २६, २०७६



लक्ष्मण बस्नेत
माघ २६ तुलसिपुर दाङ !
गोरखा मा.बि.तुलसीपुर, शहिद स्मृति मा.बि.बनकट्टिको खेलमैदानमा जारी तुलसिपुर उपमहानगरपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को शिर्ष स्थानमा रहेको छ ।
तुलसिपुर उपमहानगरपालिकाको आयोजना तथा सहिद स्मृति आबासिय विद्यालय तुलसिपुर १७ बनकट्टीको संयोजनमा संचालित प्रतियोगिताको सम्म सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड मा १२ स्वर्ण,५ रजत र ३कास्य पदक हात पार्दै गोरखा मा.बि.ले शिर्ष स्थान कायम राख्न सफल भएको हो ।
त्यस्तै ज्ञानज्योती सेकेण्डरी स्कुल तुलसिपुर ६ स्वर्ण,७ रजत र ६ कास्य पदक का साथ दोस्रो स्थान मा रहेको छ भने गुरुजजुर मा.बि. रक्षाचौर २ स्वर्ण,२ रजत र ५ कास्य पदक सहित तेस्रो स्थान मा रहेको प्रतियोगिता का सचिवालय सदस्य बालकृष्ण शाह ले जानकारी दिनु भएको छ । प्रतियोगिता अन्तरगत सोमबार भलिबल छात्र सेमिफाइनल तथा फाईनल र कबड्डी छात्र /छात्रा फाइनल तथा तृतिय स्थानका लागि खेल हुनेछ्न् ।
कबडिको छात्र तर्फ गोरखा माबी र ज्ञानज्योती त्यस्तै छात्रा तर्फ महेन्द्र माबी र गुरुजजुर भिड्नेछ्न !खेल बिहान ८ बजे पछि हुनेछ !
यसैबिच प्रतियोगिताको समापन सोमबार गरिने आयोजक बिधालयले जानकारी दिएको छ ! उसले प्रतियोगिता समापन समारोह मा उपस्थितीका खेलप्रेमी,खेलाडी, पत्रकार लगाएत सबैमा अनुरोध समेत गरेको छ ।