ज्युदै गनाएका लास र मृत्यु सैयामा छट्पटाएका तिनीहरु

प्रकाशित मिति : बुध, माघ २९, २०७६ - रणदिप



मानव सभ्यताको विश्व इतिहास संघर्षको इतिहास हो । विकासक्रमको यो चरणसम्म पुग्दा संघर्ष नै मुख्य हो । जस्ले गर्दा युद्ध, क्रान्तिर अान्दोलनले के गर्यो ? के भयो ? भन्नेहरुका लागि चोटिलो जवाफ यसैभित्र प्रयाप्त छ । अको ईतिहास सिद्द कुरा भनेको विश्वमा हालसम्मका युद्द र क्रान्तिले के कुरा सावित गरिदिएको छ भने बिश्वका शासकहरुले भौतिक रुपमा क्रान्तिकारीहरुलाई सिद्य्याएको ईतिहास छैन बरु बैचारिक रुपमा बिजय र बिजयको नजिकसम्म पुगेका कान्ति र क्रान्तीकारीहरु बाचेको ईतिहास बिरलै भेटिन्छ । त्यसैले बैचारिक रुपमा बाचिरहने र बचाइरहने कुरा नै महान कार्य हो । बिसौं शताब्दीका क्रान्ती र प्रतिक्रान्तिका अनुभवसहित संचालित महान जनयुद्द बिश्वक्रान्तीको एक अभिन्न अंग मात्र हैन महान मुक्ति अभियान थियो जसबाट नेपाली जनता मात्रै हैन विश्व सर्बहारा बर्ग नै अाशादित थियो । बिश्वभरी पुजिवादीहरुले कम्युनिष्ट समाप्त भए मालेमावाद असफल सिदान्त हो भनेर कोकोहोलो मचाईरहेका बेला नेपाली धर्तिबाट बिस्वसाम्राज्यवादको मुटुमा प्रहार गर्ने गरी जनयुद्दको संखघाेष हुदा साम्राज्यवादी दमनबाट प्रताडित बिश्वसर्बहारा बर्गको अाशाको केन्द्र नेपाल र तत्कालिन नेकपा( माअोवादी) स्वभाविक थियो । बिडम्वना भन्नू पर्छ परिस्थितीमा ठूलो बद्लाव अायो । करोडौ करोड जनसमुदायको अाशा निराशामा परिणत भयो । तत्कालिन जनयुद्दका लिडरहरुबाट भएको धोका र गद्दारीले गर्दा नाम निसाना नै नरहने गरि जनयुद्द र माअोवादी अान्दोलनको समाप्तीको प्रकृया सुरु गर्यो । अाफु बाचेर युद्द र युद्दले अार्जन गरेका सयौं निसानी र उपलब्धीको समाप्त पार्ने ज्युदा लासहरु अनगन्ती गनाइरहेका छन् भने ज्युदा लासहरुप्रति बिश्वास गर्नेहरु मृत्यु सैयामा छटपटाई रहेका छन् । प्रतिक्रान्तिको तितो सत्यलाई २५ अौं बर्षगाठले केलाएर अध्यन र स्मरण गर्न बाध्य पारेकोले चर्चा अाबश्यक ठानेर लेख्न विवस भएको छु ।
को हुन ज्युदा गनाईरहेका लासहरु ?
बिगत जनयुद्दका कहलिएका लिडरहरु क. प्रचण्ड र बाबुरामले प्रतिक्रान्ति र संसोधनवादीको विश्लेषण गरेका लेख, रचना र दस्तावेजहरु अाज पनि दराजमा र झोलामा छन् यी सबै अध्यन गर्दा उहाँहरुले बिगतमा क्रान्तिबिरोधी तत्व बारे जे विश्लेषण गर्नु भएको छ हुबहु अाज उहाँहरुको जीवन व्यवहार ठ्याम्मै उनिहरुको भन्दा फरक छैन । तसर्थ उहाँहरु ज्युदा लास हुन भन्न मलाई कुनै हिचकिचावट लाग्दैन र लागेन । बरु कतिबेला भनौ अोकलु जस्तो पाे हुन्छ । कहिलेकाही नभनौ अप्रिय लाग्ला पनि लाग्छ तर जनयुद्दमा देखाएको सपना र हाल लिएको बाटोले भन्न बाध्य पार्दो रहेछ । बिश्वकै ईतिहासमा होला यो परिघटना, पेरिसमा क. माक्सको निधनपछी रुसमा लेनिन र स्टालिनको मृत्युपछी र चिनमा क. माअोको मृत्यु पछी कान्ति प्रतिक्रान्तीमा बदलिएका छन् । तर नेपालमा जस्ले जनयुद्दको थालनी गर्याेे, थालनी पुर्ब प्रतिबद्दता गर्यो त्यो लिडर र सहायक लिडर जिबितै छदा जनयुद्दको समाप्ती मात्र हैन जनयुद्दले अार्जन गरेका सबै उपलब्धीहरु भुत्य पारेको ईतिहास पढ्नु पर्ने भयो । जनयुद्दकै क्रममा निर्माण गरिएका जनसत्ता जनअदालत, जनमुक्ती सेना, कम्युनहरु, जनवादी स्कुलहरु र त्यती मात्र हैन जुन नाममा जनयुद्द यो त्यो पार्टीको नाम र चुनाव चिन्ह समेत समाप्त भयो र गर्यो । अर्को महत्वपुर्ण बैचारिक कुरा त के छ भने २१ अौ शताब्दीको नया बिचार भनेर सष्लेषण गरेको प्रचण्डपथ शब्द उच्चारण गर्ने बित्तिकै समाजमा हासोमा उडाउछन् । १७ हजार नेपाली अामाका होनाहर सपुतहरुले प्रण उत्षर्ग गरेर हासिल गरेका उपलब्धीहरु कसरी समाप्त भयो? कस्ले ग-यो? गर्ने छुट हुन्छ की हुन्न? यो कुरा ईतिहासले फैसला गर्ला तर यो सबै प्रपंन्च हो या यथार्थ हो भन्ने बारे सचेत ढंगले बोलेनौ र बहस गरेनौ भने साम्राज्यवादले अबको क्रान्तिलाई पनि त्यसरी नै बुझ्ने र हेर्ने निश्चित छ । तसर्थ २५अौ बार्षिकउत्सबले यो कुरा अोकल्न बाध्य पारेको छकी ईतिहासको अपरिहार्यता होईन की ज्युदै गनाईरहेका लासहरुको बैचारिक बिचलनता हो जुन युद्दको समाप्ती । जनयुद्ताका प्रचण्ड र बाबुरामले साम्रज्यवादको विश्लेषण गर्दा बिश्वमा सम्पुर्ण जिबित बस्तु हरु जस्तै पुजिवाद पनि स्थिर रहन सक्दैन बरु काम गर्ने दौरानमा यो परिबर्तन हुन्छ माक्र्सको पालामा प्रतिस्पर्धात्मक पुजिवाद थियो भने लेनिनको पालामा त्यो एकाधिकार पुजिवादी चरित्र ग्रहण गर्न पुग्यो भने क. माअोको पालामा नोकरशाही पुजिवादमा बिकास गर्न पुग्यो । पुजिवादको साम्राज्यवादमा जसरी बिकास भएको छ त्यसरीनै सर्बहारा बर्गिय बिचारको पनि बिकास गर्न जरुरी छ । प्रचण्डपथ यही अाबश्यक्ताले जन्मेको २१अौ सताब्धीको नया बिचार हो जस्ले प्रतिक्रान्तीलाई रोक्ने छ र क्रान्तीलाई बिजयमा पु-याउनेछ । भनी गरेको बिष्लेषण ताजै छ । साम्रज्यवादसंग प्रचण्डपथलाई दाजेर विश्लेषण गर्ने उहाहरु नै हो अाज त्यो बिचार कता हरायो ? के नेपाली जनता र बिश्वका उत्पिडित जनता साम्रज्यवादको उत्पिडनबाट मुक्त भयो ? के नेपाली जनताले समाजवाद प्राप्त ग-यो ? यदी त्यसो हैन भने यस्को जिम्मा यिनै जिउदा लासहरुले नलिएर कस्ले लिने ? यो प्रश्न उनिहरुका लागि अन्उत्तरित नै छ । यिसबै प्रपन्चहरुले उनिहरुका लागि नै प्रतिउत्पादक हुने निश्चित छ र भैपनी सकेको छ । १घ बुदे समझ्दारी , बिस्तृत शान्ती सम्झौता मार्फत भएको संबिधानसभाको चुनाव मार्फत हुने परिबर्तनले देशमा रहेका सबै संसदवादी राजनितीक पार्टीलाई माअोवादीमा बदल्ने हो र निकट भबिश्यमा नै जनताको अाफ्नै राजनितीक ब्यबस्था ल्याउनेहो भनी गरेका अादर्शहरुको ठिक उल्टो माअोवाद र माअोवादीहरु संसदिय ब्यबस्था मान्न बाध्य बनाएको कोण बाट हेर्दा ज्युदा लास भनेर मात्र पुग्दैन जस्तो लाग्छ । यो देखिदो सत्य बाट कोही पनि भ्रमित हुन अाबश्यक छैन । न त अाज जनयुद्दका नायक कहलिएका प्रचण्डको पार्टीको नाम र चुनाब चिन्ह रहयो न त बाबुराम को पार्टी नयाशक्ती र चुनाव चिन्ह राको नै रहयो यो यसैको परिणाम त होलानी अरु खोज्नै
पर्दैन । हिजो पैदलादेखि टुप्पी सम्मको जोड लगाएर साम्राज्यवाद, बिस्तारवाद र घरेलु प्रतिक्रियावादको जसरी जसरी बिरोध गर्नुभयो अाज त्यतीकै गतिमा अात्मसर्मपण गरेको देख्दा नेपाली जनताले धिक्कारेको कुरा थाहा छैन होला भएपनी उपायबिहिन हुन बाध्य छौ । त्यसैले महान जनयुद्दको २५अौ बार्षिकउत्सबको अबसरमा यिनै ज्युदा लासहरुलाई शुभकामना ।
– को हुन मृत्यु सैयामा छटपटिएका तिनिहरु?
एक दुईकाम राम्रो गर्दैमा क्रान्तिकारी भैहाल्ने कुरा क्रान्तिकारी अान्दोलनमा हुदैन । यसो भनिरहदा म भित्र मलाई नै प्रश्न उब्जिन्छन कि म कहिले सम्मको क्रान्तीकारी भनेर । अनि मलाई नै लामो खुल्दुली चल्छ अन्तत: क्रान्तीको बिजयसम्म म क्रान्तिकारी हुन सक्छु या सक्दिन ? म प्रति गरेका धेरैका अाशंकाहरुलाई बिश्वासमा बदल्न सक्छु कि सक्दैन म अग्नीपरिक्षामै छु तर हामीलाई क्रान्ती देखाएर कपी कलम झोलामा थन्काएर युद्दमा लाग्न प्रेरित गर्ने तिनी कमरेडहरु बरालिएर क्रान्तीको रक्षा गर्नुको सट्टा संसदिय ब्यबस्थाको खरो वकालत गरेको देख्दा मनबचन र कर्मले नै धिकार्ने मात्र हैन मानवहरु दानवमा रुपान्तरण भए जस्तो भान हुन्छ । बिचरा न त सास चुडिएको छ न त बिराम निको भएको छ छ त केबल मृत्यु सैयामा छटपटिरहेको छ। न त त्यसले जनयुद्दमा गरेका बाचा सम्झेको छ न त तिनिहरुले सहिद घाईते हरुको प्रसब पीडा नै । एकाईसौ सताब्धीमा क्रान्तीको झण्डालाई सगरमाथामा गाडेर स्वतन्त्रता र मुक्तीको नया सन्देश दिनेछौ भनी गरेको अादर्सहरु, महान जनयुद्दमा शहादत्त प्राप्त गर्ने तमाम सहिदहरुको सर्बोच्च मुल्याङ्कन गरि राष्ट्रिय सहिद घोषणा गरिनेछ , घाईते अपाङ्ग योद्दाहरुको उच्च सम्मान , समुचित जिबिका र कार्य ब्यबस्थापनमा कुनै कमी रहनदिनेछैनौ र जनयुद्दमार्फत जनताको पुर्ण मुक्ती नहुन्जेल धोका दिने छैनौ हामी एक्काईसौ सताब्धीका जनमुक्ती सेना , जनकलाकार र नेताकार्यकर्ता हौ भनी गरेका अादर्श हरु अाज कता हरायो हुनत मृत्यु सैयामा छट्पटाई रहेका तिमी अादरणिय र सहयोद्दाको दोश हैन तै पनि बिश्वासको पनि हद हुन्छ , भोका बाख्रालाई हरियो घाँस देखाउदै दौडिदासम्म ठिकै हो तर बद्शालामा लगेर गर्दनमा खुकुरी राखी छिनाल्दासम्म पनि बिश्वास मान्नु अनौठो प्रकार को दासी हुनु हो । त्यसैले न त मर्न सकियो न त निको नै मृत्यु सैयामा छट्पटिनु परेको छ । सिदान्त मर्दा प्रप्तहुने जुनसुकै सुख र यास अारामले एकदिन अबश्य बिपत्ती अाउने निश्चित छ । किनकी बिचलनताको पनि सिमा हुन्छ , राजनैतिक अार्थिक सास्कृतीक बिचलन्ता अाशंिक बिचलनताहो तर बैचारिक सैदान्तिक बिचलन्ताको हद नाग्नुले मृत्यु सैयामा छटपटाउने मात्र हैन बेजोगको संसार देखेर परलोगमा पुग्नुपर्छ । ईतिहासले फैसला गर्नु पर्छ र गर्छ । उत्तर साम्राज्यवाद बिरोधी जनमतलाई नयाँ र शक्तीशाली प्रेणा दिई राष्ट र राष्टीयताको रक्षा गर्नुको साटो उतै ताली र स्वर मिलाएको जस्तो गर्नु क्रान्ती गर्नु भन्दा गर्नेहरुलाई गर्न नदिने गरि षडेन्त्र गरेको देख्दा झनै टिठलागेर अाउछ । यी सबै घटना परिघटनाको न्यायपुर्ण अध्यन गर्दा हिजो बन्दुक समात्नेलाई मात्र हैन बन्दुकका गित गाउने सबैलाई मार्नु पर्छ भन्ने र बन्दुक समातेर टुग्ङोमा नपुगी अाराम गर्नेहरुको गठजोडमा बनृको नक्कलीहरुले बार्षिक उत्सब मनाउने भनेको सुन्दा अनौठो लाग्छ मात्रै होईन जनयुद्दको अपमान हुन्छ । त्यसैले अाउनुहोस मृत्यु सैयामा छटपटिएर हैन ज्युदै गनाएका लास हरुका बिरुद्द बिद्रो गर्ने हिम्मत गरौ जनयुद्दका अधुरा सपना अनि मात्र साकार हुनेछन । एकीकृत जनक्रन्तिको बाटोमा हातेमालो गरौ । जित सत्यको हुन्छ ।

(लेखक नेपाल कम्युनिस्ट पार्टी कालिकोट सेक्रेटरी हुनुहुन्छ)