जनयुद्ध दिवसकाे सन्दर्भमा- मिसन

प्रकाशित मिति : बुध, माघ २९, २०७६



 

राज्यसत्ता बाहेक अरु सबै भ्रम हो भन्ने सच्चाइलाई आत्मसात गरेर अघि बढाएको जनयुद्ध थियो । जनयुद्ध नेपाली जनताको मात्रै मुक्ति नभएर बिश्व सर्वहारा वर्गको अग्रदस्ताका रूपमा स्थापित र दर्ज थियो । जनयुद्ध सामन्तवादी राजतन्त्रको र नोकरशाही पुजिपती वर्गको स्वामित्वमा रहेको कथित संसदीय ब्यवस्थाको अन्त्य गर्ने सर्वहारा वर्गको शक्तिशाली अस्त्र थियो । जनयुद्ध न्याय, समानता, मुक्ति र स्वतन्त्रतामाथि आधारित नेपाली जनताको मुल एजेण्डा बोकेको महान पहरेदार थियो । जनयुद्ध समग्रमा गाँस, बाँस, कपास, शिक्षा स्वास्थ्य, रोजगारीको ग्यारेन्टीको आधार थियो । जनयुद्ध निकै सोच विचार अनुसन्धानबाट पारित वैज्ञानिक निष्कर्ष र मार्ग थियो । जनयुद्धको आरम्भ जसरी निशस्त्र जनशक्तिले अस्त्रद्वारा सुसज्जित फौजमाथि धावा बोलि एकै रातमा धर्ति हल्लाउने शक्तिशाली आदम्य साहास भएका महामानवहरुको बिजयको दिन थियो मालेमाबादी बिचारद्वारा निर्देशित यो लडाइ एकपछि अर्को गर्दै बिजयको सन्निकट पुगेको थियो । जब माओबादी आन्दोलन सहि बिचारद्वारा निर्देशित भैइ सहि मार्गमा थियो । आन्दोलनले कैयन सफलताहरु हासिल गर्यो जनसेना, आधारइलाका, जनसत्ता, जनअदालतदेखि सम्पूर्ण सम्यन्त्रहरु माओवादीले खडा गर्यो । तथ्यांकहरु हेर्दा ८० प्रतिशत भू-भागमा माओवादी सत्ताको बिजारोपन भयो । पीडित जनसमुदायहरु न्याय माग्न पुरानो सत्ता भन्दा माओवादिले निर्माण गरेको जनसत्तातिर आशाबादी र मुखरित भए । १० वार्षिय अबधि घनघोर युद्ध अवधी रह्यो । यो लडाइँको अवधिमा कैयन क्षेतिहरु बेहोरे पनि राजनैतिक, समाजिक र न्यायिक दृष्टिकोणले एकपछि अर्को उपलब्धीहरु हासिल भयो । नेपाली श्रमजीवी नागरिकहरु खुशीका सपनाहरु देखिरहेका थिए भने सामन्तवादी दालाल पुजिपति वर्गहरु पराजयको त्यो स्थितिलाई सहन गर्न नसकेर अताल्लिरहेका थिए । किन कि ? जनताको ताकतलाई कुनै पनि शक्तिले रोकेको इतिहस छैन । भनिन्छ- ‘इतिहासका निर्मता जनता हुन्’ भनेर जनयुद्ध जब दिल्ली सम्झौताको महाजालमा पर्यो तब अनेकन बाहानामा माओबादी आन्दोलनको घाँटी निमोठ्ने कार्य देशी बिदेशी शक्तिको बलमा भयो ।

माओवादी आन्दोलन जब पश्चगमनको बाटो रोज्यो आफैमा समाप्तिको संकेत थियो । तर दुइलाइन संघर्षको रसाकसिमा पैठेजोडी खेल्दै प्रतिक्रान्तिकारी र क्रान्तिकारीहरुको बिचमा भिषण लडाइँ चल्यो । त्यो बिचारको लडाइँमा क्रान्तिकारीहरुको बिजय भयो । क्रान्तिको नेतृत्व गर्ने धम्की लगाउदै केही बुख्याचाहरु पेरिसडाँडादेखि बुद्धनगरसम्म पुगे ती बुख्याचाहरुको क्रान्ति पनि त्यहि बुद्धनगरसम्म पुगेर थला परिहाल्यो ।अन्ततः छबिलालकै टाङमुनी छिर्न पुगे । क्रान्ति रोकिने कुरा थिएन इतिहासले नयाँ नेतृत्वको जन्म बनायो प्रतिक्रान्तिकारीहरु बचेको माओबादी नामलाई पनि मेटाउदै एमालेमा बिलय हुन पुग्यो । ती मान्छेहरु त आज जनयुद्ध दिवसलाई कुनै सिस महलमा बसेर जनयुद्ध दिबसको नाममा हुविस्कीका प्यालाहरु उचाल्दै चेस गर्दै छन् होला । तर वास्तविक क्रान्तिकारी र जनयुद्धले उपलब्धी गरेका पुजिलाई रक्षा गर्नु पर्छ भन्ने असली मालेमाबादीहरु जनताकै साथमा घरआँगनमा जनयुद्ध दिवस मनाइरहेका छन् । नेपाली जनताका अन्तरबिरोधहरु नयाँ संविधान पश्चात् झन् भन्दा झन् चरमचुलीमा पुगेका छन् । राजनैतिक स्वतन्त्रता, न्यायिक स्वतन्त्रतामाथि लगाम लगाएको छ । कैयन राष्ट्रघाती जनघाती सम्झौताहरु गर्दै बिदेशीको गुलामी गर्न पुगेका छन् । राष्ट्रिय स्वाधिनतामाथि नाङ्गो हस्तक्षेप भैइरहेको छ । बिश्वभरी असफल पुजिवादका बिरुद्ध समाजवादी आन्दोलन अघि बढिरहेका छन् । तसर्थ नेपाली भुमिमा पनि समाजबादको आशामा लाखौं वामपन्थी नागरिकहरु अपेक्षाकृत छन् र पर्खिरहेका छन् । जनवादी होस या समाजवादी ब्यवस्थाकै निम्ति भनेर ठुलठुला बलिदानीहरु भए उपलब्धिहरु भए तर ती सबै रातारात सिमित मान्छेहरुको स्वार्थसँग साट्न पुगे । अब उनीहरुको पतनबाट नेपाली जनताले आशा गर्ने कुनै विश्वसनीय अाधार देखिदैन । बरु गर्भ गर्नैपर्ने विषय त यो छ कि गद्दारहरुले फोहोरमा फालेको क्रान्तिको झण्डालाई उचाल्ने काम दोस्रो पुस्ताका नेतृत्वबाट भयो । आम सर्बहारा श्रमजीवीहरुको सफलता रह्यो । जनयुद्धका २५ वार्षिय यात्राहरु कैयन बिचार संघर्ष टुट्फुट हुँदै प्रतिक्रान्तिकारीहरुको पतन र नयाँ क्रान्तिको उद्घोषसहित हजारौं क्रान्तिकारीहरुको जन्म भैइसकेको छ । जनयुद्ध तथा सर्वहारा वर्गिय मुक्ति आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने दिलबहादुर रम्तेल लागायत ज्ञातअज्ञात शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता र घाइते यौद्दाहरुप्रति उच्च सम्मान छ । नेपाली जनताको मुक्ति दलाल पुजिवादि संसदीय ब्यवस्था रहेसम्म असम्भव छ र । यसको लागि क्रान्ति, बिद्रोहद्वारा नै राज्यसत्ताको प्राप्ति र राज्यसत्तामा श्रमिक वर्गको स्वामित्व नै आजको आवश्यकता हो । सम्पूर्ण नेपाली जनसमुदयमा जनयुद्धको २५ औं बार्सिकी उत्सबको अवसरमा सम्पुर्ण मालेमाबादी चिन्तक, देशभक्त, कर्मचारी, किसान, मजदुर, युवा, बिद्यार्थी सबै-सबैमा शुभकामना ब्यक्त गर्दछु ।