युवा संगठन राप्तीको राजनैतिक / वैचारिक प्रशिक्षण सम्पन्न

प्रकाशित मिति : बिहि, फाल्गुन १, २०७६



 

युवा संगठन नेपाल, राप्तीको आयोजनामा राजनैतिक तथा वैचारिक प्रशिक्षण हालै सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरो इन्चार्ज समरको प्रमुख अातिथ्यमा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका दाङ जिल्ला इन्चार्ज रतन लगायतको सहभागिता रहेको थियो । युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज अनिलकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन युवा संगठनका केन्द्रिय सदस्य बिरेन्द्रले गर्नु भएको थियो । केन्द्रिय सदस्य पृथ्वीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा राप्तीका सबै जिल्लाका युवा संगठनका पदाधिकारीहरुको सहभागिता रहेको बताइएको छ । कार्यक्रममा बाेल्ने वक्ताहरूले नेपालको राष्ट्रिय स्वाधिनता सर्बाधिक सङ्कटमा भएको र अब देशको रक्षा गर्न आम युवाहरुलाई एकताबद्ध र दृढताका साथ लाग्न अपिल गरेका छन् ।