राप्ती लगायत विभिन्न जिल्लामा झण्डा, ब्यार पाेष्टर र दिप प्रज्वलन गरि २५ अाैं जनयुद्द दिवसकाेे सुभारम्भ

प्रकाशित मिति : बिहि, फाल्गुन १, २०७६



 

राप्ती लगायत देशभर झण्डा, ब्यानर, पाेष्टर र दिप प्रज्वलन गरि नेपाल कम्युनिस्ट पार्टीले २५ औं जनयुद्द दिवसको सुभारम्भ गरेको छ । जनयुद्ध दिवसकाे पूर्व सन्ध्यामा  राेल्पाकाेे थबाङ लगायत १८ ठाउँमा राँके जुलुस र ठाउँ ठाउँमा तुल, ब्यानर, झण्डा, पाेष्टर टाँगेकाे बताएको छ ।

त्यस्तै दाङको ५ ठाउँमा राँके जुलुस, तुल ब्यानर पाेष्टर टाँसिएको जनाएको छ । सल्यान, रुकुम लगायतका जिल्लाकाे विभिन्न ठाउँमा पनि राँके जुलुस, तुल ब्यानर पाेष्टर टाँसिएको बताइएको छ । त्यस्तै कास्की, कालिकोटका विभिन्न ठाउँमा पनि राँके जुलुस गरेको छ ।

कालिकोट नरहरिनाथ गाउँपालिका, पलाता गाउँपालिका , सान्नित्रिवेणी गाउँपालिका , पचल झरना गाउँपालिका, शुभकालिकाल गाँउपालिका, रास्काेट नगरपालिका, माहावै नगरपालिका खाडाँचक्र नगरपालिका लगायत विभिन्न ठाउँहरुमा जुलुस निकालिएको बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले २५ अाैं जनयुद्द दिवस साताब्यापी रुपमा मनाउँदैछ । जनयुद्द दिवसकाे दिन अाज काठमाडौं लगायत देशभर विभिन्न कार्यक्रम गर्दै मनाइरहेकाे छ ।