जनयुद्ध मेरो क्यानभासभित्र महान छ – राजकुमार क्षेत्री

प्रकाशित मिति : बिहि, फाल्गुन १, २०७६



 

प्रिय जनयुद्ध अाजकै दिन २०५२ साल फाल्गुन १ गते तिमीले परिवर्तनका लागि ऐतिहासिक निर्णय गरेर अन्यायपूर्ण युद्धका विरुद्ध न्यायपुर्ण युद्धको थालनी गरेको दिन थियो सम्पुर्ण अाम शाेषितपिडित नेपाली मुक्तिकामी जनता र मातृभुमि नेपालको लागि तिमीले त्यो ऐतिहासिक कदम चाल्दै गर्दा सजिलो पक्कै थिएन तिम्रासामु थुप्रै चुनौति र अवरोधका पर्खालहरु थिए ती चुनौतिहरुको कुनै प्रवाह नगरी असिमित संभावनाहरुको खोजि गर्दैगर्दा तिम्रा विरुद्ध राज्यले लगाएको प्रतिबन्ध र गरेको दमन सामान्य थिएन त्यसका बाबजुद पनि निरन्तर अाफ्ना गौरवमय १० वर्षलाई ऐतिहासिक सफलताका वर्षको रुपमा स्थापित गर्न सफल भयौं । उक्त कदम चालेको ऐतिहासिक दिनले अाज २४ बसन्त पूरा गरेको छ भने २५ अौं बसन्त प्रवेश गरेको छ अाज तिम्रो सम्झनामा फेरि पनि नेपाली जनताले तिम्रो गौरवको गाथा गाउँदै भव्य उत्सव मनाउदै छन् । यो तिम्रो गौरवपुर्ण ईतिहासको एउटा योद्धा हुनुको नाताले अाज गर्वका साथ मुठ्ठी कसेर तिम्रो ईतिहास निर्माण मात्र हैन रक्षा गर्ने र तिम्रो अोज र गरिमाको अौचित्य उचो बनाई राख्ने म मेरो कर्तव्य ठान्दछु र निरन्तर तिम्रो रक्षा गरिरहने प्रतिबद्धता जाहेर गर्दछु !
प्रिय जनयुद्ध ! अाजको दिनसम्म अाईपुग्दा तिम्रो लक्ष्य, उद्धेश्य, भावना, मर्म र ईतिहासमाथि कालो पोत्ने, तिम्रो ईतिहासमाथि धावा बाेल्ने र तिमीलाई अपराधी साबित गर्न अधेँरो कोठाको नेपत्थ्यभित्रबाट षड्यन्त्रका थुप्रै तानावाना बुनिदैछन् । हिजो तिमीलाई नेपाली धर्तिमा जनयुद्धको अावश्यकताबाेध गरेर जन्माउने कथित प्रचण्ड बाबुरामहरुसम्मले तिम्रो लक्ष्य, उदेश्य पूरा नहुदै तिम्रो गला रेट्ने र तिमीलाई अांतककारी देख्ने कथित दलाल संसदीय पार्टी र तिनका नेताहरुसंग अपवित्र साईनो जोड्दै तिम्रै ईतिहासको बलात्कार गर्दै हिडिरहेका छन् यो कुराले हामीलाई पिडाबाेध भैरहदा तिमीलाई झन् कति पिडाबाेध भएको छ होला ? अाज हामी लडेर तिम्रो बल मा ल्याएको परिवर्तनमाथि तिमीलाई नै अबमुल्यन गर्दै तिमीमाथि नै बलात्कार हुदाँ तिम्रा हजारौ सन्ततिहरु फेरि पनि तिम्रो ईतिहास र अस्तित्व रक्षाको लागि एकीकृत जनक्रान्तिको विगुल फुग्दै रातो झण्डा बाेकेर दलाल संसदिय व्यवस्था र तीनका मतियारहरु मात्र हैन भ्रष्टाचार, घुसखोर, माफिया र तस्करहरु जुनसुकै अावरणमा नेपाल र नेपाली जनताको हित विपरित जानेहरुलाई खबरदारी मात्र है खरानी बनाउनको लागि फेरि पनि राता मान्छेहरु महासमरको यात्रामा कफन बानेर निस्किरहेका छन् । यसरी तिम्रो रक्षार्थ एकीकृत जनक्रान्तिको महासमरमा निस्किरहदा तिम्रो छातीले पक्कै पनि गर्व महशुस गरेको हुनुपर्छ ।
प्रिय जनयुद्ध ! तिम्रो नाममा भएको न्यायपुर्ण युद्धमा हजारौं सहिदहरुले बलिदान दिदा हजारौं योद्धाहरु घाइते, अपाङ्ग हुदा र लाखौ कार्यकर्ता तिम्रो सपना पूरा गर्न मृत्युको प्रवाह नगरी त्यो महासमरमा लामबद्ध भैरहदा लुटको स्वर्ग गर्ल्याम गुर्लुम ढल्ने भयो भन्दै तिम्रा विरुद्ध नानाथरीका चक्रव्युह रचना गर्नेहरु अाज तिम्रो त्याग, समर्पण, बलिदानले ल्याएको परिवर्तनको असली हकदार कहलाई रहेका छन् । तिम्रो लागि त्याग, समर्पण र बलिदान गर्नेहरुमाथि तिनै नेताहरुले प्रतिबन्ध लगाउँदै अहिले पनि जनक्रान्तिका योद्धाहरुमाथि गोलि वर्षाउदै छन् थुप्रै झुट्टा मुद्धा लगाएर युद्ध अपराधी बनाउदै जेलका कालकोठरीहरुमा कोच्दैछन् र यहाँ न्याय स्वतन्त्रता र समृद्धिको डंका पिटिदैछ र तिम्रो समरका यात्रीहरुलाई अपराधी किटान गर्दै तिम्रो सिंगो ईतिहासलाई बदनाम गरिदैछ ।
प्रिय जनयुद्ध ! तिम्रो ईतिहासमाथि जति सुकै हिलो छ्याप्ने कोसिस गरे पनि र तिमीलाई बदनाम गर्न खोजे पनि अन्तत: यो दलाल संसदिय व्यवस्था नै नाङ्गिने र ढल्ने कुरा निश्चित छ । त्यतिबेला तिम्रो ईतिहास सही साबित हुनेछ । जतिबेला अाम नेपाली जनता र नेपाली धर्तिले तिम्रो ईतिहासप्रति गर्व गर्ने छन् ।
अन्त्यमा प्रिय जनयुद्ध ! तिमीले देश परिवर्तनको लागि चालेको कदममाथि कथित लोकतन्त्रका हिमायती कहलाउने दलका नेता र तिम्रो अावरणमा जनयुद्धको ईतिहासलाई बङग्याउन खोज्ने गद्धार प्रचण्ड बाबुरामहरुको विचलनतालाई पुष्टि गर्यो र नयाँ नायक क. विप्लवहरुको जन्म गराएको छ । क. विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिको ज्वाला नेपाली जनताको बिचमा प्रक्षेपण भैरहेको छ । तिम्रो सपनाको हत्या गर्नेहरुको अवसान गर्नलाई तिम्रा सपना पूरा गर्नेहरुको जन्म भएको छ । यसकारण पनि तिमीले गर्व गर्नु पर्दछ । ईतिहासलाई तोडमोड गर्दैमा ईतिहास मेटिने होईन बरु ईतिहासलाई मेट्न खोज्दा ईतिहासको उजागर हुने गर्दछ । अहिले अाफ्नो हक अधिकारको लागि अा – अाफ्नो क्षेत्रबाट उठ्न सक्ने बाेल्न सक्ने र लड्न सक्ने गरि नेपाली जनतालाई सचेत नागरिकको हैसियत प्रदान गर्ने तिमी नै हौं । यसको पूर्ण स्वामित्व पनि तिमीले पाउनु पर्छ । हिजो यो राज्य व्यवस्थाका मालिकहरुले सम्पुर्ण नेपाली जनतालाई खेताला सन्झन्थे तर नेपाली जनता खेताला होइनन् परिवर्तनका संवाहक हुन् भन्ने कुरा तिमीले प्रमाणित गरिदिएका छौं । यसकारण पनि प्रिय जनयुद्ध ! तिमीलाई कोटीकोटी सलाम गर्दै २५ अौं जनयुद्ध दिवसको अवसरमा देश विदेशमा रहनुहुने सम्पुर्ण न्यायप्रेमी मुक्तिकामी जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दै जनयुद्धको जगमा उठेको एकीकृत जनक्रान्तिलाई साथ दिन अनुरोध गर्दछु ! बाँकी क्रान्तिलाई पूर्णता दिएर मात्र जनयुद्धको अौचित्य पुष्टि गर्न सकिन्छ त्यो जिम्मेवारी हामी युवाहरुले पूरा गर्नुपर्छ ।