थबाङमा ने. क. पा. द्वारा भव्य जनयुद्ध दिवस कार्यक्रम उद्घाटन

प्रकाशित मिति : बिहि, फाल्गुन १, २०७६



 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अाज राेल्पाकाे थबाङमा २५ अाैं जनयुद्ध दिवसकाे अवसरमा भव्य कार्यक्रम गरि जनयुद्ध दिवस मनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी थबाङकाे अायाेजनामा अाजदेखि ५ दिनसम्म चल्ने जनयुद्ध दिवस कार्यक्रममा अजम्बरी सांस्कृतिक परिवारले अाफ्नाे सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेको  खबर प्राप्त भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार पूर्ण बहादुर राेका ‘गाेरे’ काे अध्यक्षता तथा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य प्रवेश राेका मगर ‘छिरिङ’ काे प्रमुख अातिथ्यमा  फागुन १ गते २५ अाैं जनयुद्ध दिवसकाे उद्घाटन कार्यक्रम भएकाे छ ।

जनयुद्धकाे उद्गम स्थल भनेर चिनिने थबाङमा प्रत्येक वर्ष जनयुद्ध दिवसको अवसरमा साताव्यापी विविध कार्यक्रम गरिदै अाएकाे छ । थबाङमा यहाँका जनसमुदायहरुले यो दिवसलाई विशेष महत्त्वकाे साथ गाउँभरि र कार्यक्रम हुने स्थल खुल्ला मञ्च टुडिखेलमा राता झण्डा, ब्यानरले सजाइ विभिन्न खेलकुद साताव्यापी कार्यक्रम गर्दै अाएकाे छ ।

यस वर्ष पनि कार्यक्रम स्थल खुल्ला मञ्च टुडिखेल ठूलाठूला झण्डाले रातै झकिझकाउ पारिएको छ । अाज जनयुद्ध दिवसको दिन उद्घाटन कार्यक्रममा पुरुष भलिबल, महिला भलिबल, कपर्दी, ब्याडमिन्टन, घैटा फाेड लगायतका विभिन्न खेलकुद कार्यक्रम ५ दिन सम्म हुने अायाेजक जनाएको छ । थबाङ तथा थबाङ्गी जनसमुदायहरुले सधैं क्रान्तिकाे सन्देश प्रवाह गरिरहेका छन् । थबाङका नेतृत्व तथा नेपाल कम्युनिस्ट पार्टी राेल्पाका तत्कालीन इन्चार्ज जयप्रकाश राेका ‘प्रताप’, राेल्पा जिल्ला कारागार, थबाङबासि हित बहादुर राेका ‘विप्लव’ र अमित घर्ती नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरो बैठक राजपुरबाट गिरफ्तार भएर अहिले बर्दिया हिरासतमा प्रहरीले अन्यायपूर्ण ढंगले राखिरहेकाे छ । त्यसैले पनि यस वर्ष झन् थबाङमा जनयुद्ध दिवस विशेष महत्त्वकाे रहेको छ ।