ने.क.पा. कालिकोटले दर्जन ठाउँमा जनयुद्द दिबस कार्यक्रम गरि मनायो

प्रकाशित मिति : बिहि, फाल्गुन १, २०७६



ने.क.पा. कालिकोटले २५ अौं जनयुद्द दिबसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित दर्जनजति ठाउँमा भब्य रुपमा सम्पन्न गरेको छ । जिल्लाको लालु, माल्कोट, रुप्सा, मेहेलमुडी, मुम्रा, सिप्खमना, बदालकोट, खिन, भर्ता, चिलखाया र छाप्रेमा सम्पन्न गरेको छ । उक्त ठाउँहरुमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै नेताहरुले जनयुद्द लडाएर बिचैमा प्रचण्डले धोका दिएको तर अाफ्नो पार्टीले एकीकृत जनक्रान्तीमार्फत पूरा गरि छाड्ने बताउनु भएको छ । यसै सिलसिलामा एरिया नं. ४ मा अायोजित शुभकामना अादान प्रदान कार्यक्रमलाई संबोधन गर्दै जिल्ला सेक्रेटरी रणदिपले जनयुद्दमा धोका दिएकै कारण प्रचण्ड बाबुराम का काँ छिया मामा का भैसा का हाल्यो खरक भएको ठोकुवा गर्नु भयो ।

उहाँले भन्नुभयो – ‘यही पापले न त पार्टी रहयो न त चुनाव चिन्ह हसिया हतौडा ।’
अझै नसच्चिए यो भन्दा झन हालत ब्यवह‍ाेर्नु पर्ने ठोकुवा गर्दै माअोवादी सबै एक ठाउमा नअाई पूर्ण मुक्ति अान्दोलन सफल नहुने भन्दै इमान्दार माअोवादीहरुलाई दलालहरुका बिरुद्द बिद्राेह गर्न समेत अपिल गर्नु भयो । उक्त कार्यक्रममा कलाकारहरुको जोसिलो नृत्यहरु प्रस्तुत गर्नुका साथै शहिद परिवारलाई शुभकामना बितरण जिल्ला सेक्रेटरी रणदिपले गर्नुभयो ।