दाङ लगायत देशेैभर २५ अाैं जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

प्रकाशित मिति : बिहि, फाल्गुन १, २०७६



नेपाल कम्युनिस्ट पार्टीले देशभर २५ अाैं जनयुद्ध दिवसकाे अवसरमा विभिन्न कार्यक्रम गरि भव्य रूपमा जनयुद्ध दिवस स्मरण गरेको छ । नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाका ५ ठाउँमा २५ औं जनयुद्ध दिवस कार्यक्रम गरि मनाएको छ । राप्ती गाउँपालिका, लमही नगरपालिका, घाेराही क्षेत्र र तुलसीपुरकाे २ ठाउँ गरि ५ ठाउँमा १०० अाैं जनताकाे उपस्थितिमा जनयुद्ध दिवस मनाएको छ ।

यसै अन्तरगत नेकपा राप्ती गाउँपालिकाकाे अायाेजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला सेक्रेटरी भगवाणराज र अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाहीको उपस्थिति तथा निरन्तरकाे सहजिकरणमा २५ अाैं जनयुद्ध दिवसकाे अवसरमा अविर तथा फलफुल समेत वितरण गरेर मनाएको छ।
यस्तै  राेल्पा, सल्यान, रुकुम, कपिलवस्तु,रुपन्देही, पाल्पा,जाजरकोट, चितवन, कैलाली लगायत देशका विभिन्न ठाउँमा जनयुद्ध दिवस कार्यक्रम भएको बताइएको छ ।


कालिकोटमा दर्जन ठाउँमा भव्य कार्यक्रम गरि जनयुद्ध दिवस मनाएकाे छ । पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न कार्यक्रम गरि जनयुद्ध दिवसलाई स्मरण गरेको छ ।
२५ अौ जनयुद्ध दिबशको अबसरमा ने. क. पा. डोटीले एउटा स्कुललाई खेल सामाग्री बितरण गरि मनाएको छ।
जनयुद्ध दिबशको अबसर पारेर गरिएको उक्त कार्यक्रममा बोल्दै ब्युरो कार्यलय सचिव बिपिनले देश र जनताको मुक्ति नहुन्जेलसम्म क्रान्ति जारी रहने बताउनुभयो ।
कार्यक्रमको समापनमा बोल्दै जिल्ला ईन्चार्ज तर्कराजले अहिलेको यो राज्य ब्याबस्थाले देशलाई युद्धतिर धकेल्न खोजेको अारोप लगाउनु भयो । देश दिनदिनै भ्रष्ट्रचार, कालोबजारी ,महङ्गी , कर छली , सिमा अतिक्रमण लगायत राष्ट्रघात गरिरहेका सत्ता र सरकारका दलालहरुले देशलाई बरबाद बनाई रहेको भन्दै यी सबै मुद्धाहरुका बिरुद्ध लड्न अाम जनतालाई सचेत गराउनु भयो । एम सि सि पास गराउने नाममा देशमा अमेरिकि सेनाको को प्रेड स्थल बनाउन खोजियको छ। यसका बिरुद्ध अाम नेपाली जनता एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

यसैबीच २५ औं जनयुद्ध दिवसको अवसरमा अखिल (क्रान्तिकारी ) दाङले स्मृति आवासीय मा. बि. मा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा बाेल्ने वक्ताहरूले जनयुद्धको मुल नेतृत्वले बिचैमा धोका दिएर गए पनि अाफ्नाे पार्टीले शहिदका सपना पूरा गरि छाड्ने प्रतिबद्धता जनाएका थिए ।

अखिल (क्रान्तिकारी ) दाङ जिल्ला अध्यक्ष अनिल केसीको अध्यक्षता तथा सहिद परिवार समाजका केन्द्रिय सदस्य एवम् सहिद स्मृति आवासीय मा. बि. को विद्यालय व्यवस्थापन समिति सदस्य रैबहादुर बस्नेतको प्रमुख  आतिथ्यतामा कार््यक्रम सम्पन्न  भएको थियो ।

क्रान्तिकारी विद्यार्थी माथिको दमन धरपकडको प्रतिरोध गरौं !
बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको लागि संघर्ष गरौँ !! भन्ने नारा सहित अखिल ( क्रान्तिकारी ) कैलालीले पनि २५ महान जनयुद्ध दिवसको उपलक्ष्यमा जिल्लाको लम्की, घोडाघोडी, अत्तरिया लगायत विभिन्न ठाउँमा ब्यानर प्रदर्शन सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । यसैबिच सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा अखिल ( क्रान्तिकारी ) कैलालीले विद्यार्थीहरुलाई अबिर लगाएर चक्लेट बितरण गर्दै शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संगठनका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज बबरजङ सिह, जिल्ला अध्यक्ष सुबास जोशी लगायतको उपस्थिति रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य सिंहले महान सहिदहरुले देखाएको मुक्तिकामी बाटोमा निरन्तर अगाडि बढिरहने प्रतिबद्धता गर्दै सामाजिक फासिवादी सरकारले विद्यार्थी नेता कार्यकर्तामाथी थुपारिएका झुट्टा मुद्दा खारेज गरि दमन , धरपकड र विद्यार्थी माथीको प्रतिबन्ध तत्काल हटाएर सहज बाताबरण बनाउन समेत आग्रह गर्नुभएको छ । रास्ट्र र जनताको मुक्तिको लागि बिगत देखी नै विद्यार्थीहरुले अहम् भुमिका निर्वाह गर्दै आएको साथै महंगी , भ्रष्टाचारि, घुसखोरी, कालाबजारी, शैक्षिक माफिया, स्वास्थ माफिया, चेलीबेटी बेचबिखन , बलात्कारका विरुद्ध पनि संघर्ष जारी रहेको बताउनुभयाे ।