नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाद्वारा २५ अौं महान जनयुद्ध दिवस सम्पन्न

प्रकाशित मिति : आइत, फाल्गुन ४, २०७६



 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे अन्तर्राष्ट्रिय ब्युरो पुर्वी एसिया अन्तर्गत नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले पनि २५ अौं महान जनयुद्ध दिवस भव्य रूपमा मनाएको छ ।
जनयुद्ध दिवस कार्यक्रम ज्ञात अज्ञात महान वीर शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण १ मिनेट मौनधारणा गर्दै सुरुवात गरिएको थियो ।
नेपाली जनप्रगतिशिल मोर्चाको सल्लाहकार संयोजक महेश कुमार अोलीको प्रमुख अातिथ्यमा भएको कार्यक्रममा मोर्चाको अध्यक्ष बिजय लामा र महासचिव तुफानको उदघोषण र स्वागत मन्तव्य सचिव रबि महराले दिनुभएको थियो । कार्यक्रमका अन्य अतिथिहरुमा मोर्चाको पुर्व अध्यक्ष बिष्पोट मगर, उपाध्यक्ष खगेन्द्र खडका, हर्कमान राई लगायतले मन्तव्य राखेका थिए । वक्ताहरूले सहिद परिवारलाई सम्मान गर्दै प्रवासबाट पनि सम्पूर्ण श्रमजीवी र उत्पिडित सर्वहारा बर्ग एकजुट हुन अपिल गरेका थिए । फासिष्ट दलाल भ्रष्टाचार बेतिथिको बिरुद्ध सम्पूर्ण राष्ट्रभक्ति जनताहरुले राष्ट्रियता रक्षार्थ र स्वाधीनताको लागि अधिनायकवाद बिरुद्ध अावज उठाउने प्रतिबद्धता जाहेर गरिएको बताइएको छ ।

साथै मोर्चाको जिम्मेवारी पनि हेरफेर गरिएको छ । जसमा हर्कमान राईलाई उपाध्यक्ष रको जिम्मेवारी दिएको छ भने सचिवमा कोषाध्यक्ष रबि महरालाई जिम्मेवारी दिएको सल्लाहकार संयोजक महेश कुमार अोलीले जानकारी दिनुभयो ।
कार्यक्रममा “संसारका श्रमिक तथा उत्पीडित जनता एक हौऔ !
माक्र्सवाद-लेनिनवाद-माओवाद-जिन्दावाद !
एकीकृत जनक्रान्ति जिन्दावाद !
भ्रष्टाचारी दलाल संसदीय पुँजीवादी सत्ता अन्त्य गरौं !
महान १० वर्षे जनयुद्धको मुल उदेश्यलाई आत्मसात गर्दै नयाँ एकीकृत जनक्रान्ति बैज्ञानिक समाजवाद राज्यसत्ता स्थापन गर्न महान यात्रामा अघि बढौ !
वैदेशिक रोजगार जाने युवा युवतीहरू तत्कालै बन्द गरि
नेपालमै योग्यता र क्षमता अनुसारको रोजगारीको सृजना गरौं, आन्दोलन श्रमिक उत्पीडित जनताको हकअधिकार हो ! नेपाल कम्युनिस्ट पार्टी-जिन्दावाद !
एकीकृत जनक्रान्ति-जिन्दावाद !” लगायतका नारा लगाइएको पनि बताइएको छ ।