ने.क.पा.का नेता दिपेश राई,माईला लामासहित ४ जनालाई पुनः गिरफ्तार

प्रकाशित मिति : आइत, फाल्गुन ४, २०७६



नेकपाका केन्द्रीय सदस्य दिपेश राई,माईला लामा,नवीन विक र धीरेन्द्रा उपाध्याय भृकृटीलाई सुनसरी जिल्ला अदालतले आज साधारण तारेखमा रिहा गरे लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको रर छ ।
न्यायधीश ध्रुव कार्कीको ईजलाशले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । अदालतले आदेश दिएर रिहा भए लगत्तै उनीहरु चार जनालाई पुनः गिरफ्तार गरी नेता राई र लामालाई संखुवासभा लगिएको छ भने अर्का नेता नवीन विक र भृकुटीलाई कोलिकोट लाने तयारी भएको पारीवारीक स्रोतले जनाएको छ । बन्दीकाे तर्फबाट अधिवक्ताद्वय सुमन कार्की र निराजन ओझाले गरेका थिए ।
अदालतको गेटबाट पुनः गिरफ्तार पर्नु अघि नेता लामाले ओली सरकारले दुखः दिएकोमा विरोध जनाए । अदालतले आदेश दिदा पनि फेरी गिरफ्तार गरेर दु:ख दिने काम गरेकोमा उनले आपत्ति जनाए ।
यसअघि लामा , विक र उपाध्याय लामो समय काठमाण्डौंमा कारागारमा बसेर उच्च अदालतको आदेशमा रिहा भए लगत्तै प्रहरीले गिरफ्तार गरेर धरान पुर्याईएको थियो ।