कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको मृत्यु

प्रकाशित मिति : आइत, फाल्गुन ४, २०७६



 

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएको छ ।

कुवेतमा बालुवाको ढिस्कोले पुरिंदा ज्यान गुमाउनेमा नवलपरासीका पूर्णबहादुर मगर र रोल्पाका राजु रोका मगर, पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको रहेको नेपाली दूतावास कुवेतले जनाएको छ ।

गएको बुधबार कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएको थियो ।