नेकपाका ३ नेताकार्यकर्तालाई प्युठान अदालतले रिहा गर्न अादेश दिएपनि पुन: गिरफ्तार

दमन र धरपकडले विचार नसकिने भन्दै शासकहरुलाई बेलैमा हाेस् पुर्याउन अाग्रह

प्रकाशित मिति : सोम, फाल्गुन ५, २०७६



 

नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरु सुर्य, प्रकाश, केशवलाई प्युठान जिल्ला अदालतले धराैटीमा रिहा गर्न अादेश दिएपनि प्रहरीले पुन: गिरफ्तार गरेको छ । अदालतले अाइतबार रिहाइ गर्न अादेश दिएपनि अदालत परिसरबाटै तीनै जनालाई पुन: गिरफ्तार गरिएको र अाफन्तजन, शुभचिन्तकहरुलाई भेटघाट गर्न नदिई साेधपुछका लागि छ भन्दै जि.प्र.का. लगि यातना दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी प्युठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी प्युठान जिल्ला सचिव अजयले एक प्रेस विज्ञप्ति जारी गरि दमन र धरपकडले विचार नसकिने भन्दै शासकहरुलाई बेलैमा हाेस् पुर्याउन अाग्रह गर्नुभएको छ । साथै यस्ता दमन, गिरफ्तारी, अमानवीय व्यवहार नसच्चाए प्रतिरोध संघर्ष गर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।