जनयुद्धको दिवसकाे अबसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न

प्रकाशित मिति : सोम, फाल्गुन ५, २०७६



 

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले फाल्गुण ५ गते २५ अौ जनयुद्द दिबसको अबसरमा जिल्ला स्तरिय देउडा एकलगायन प्रतियोगिता सम्पन्न गरेको छ । श्री सरस्वती माबि सिकु पचालझरना १ मा भब्यरुपमा संचालन गरेको सास्कृती कार्यक्रमको अध्यक्षता किरणले गर्नु भएको थियो भने जिल्ला ईन्चार्ज  बिराटको प्रमुख अातिथ्यता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी रणदिपले गर्नु भएको थियो । भेरी कर्णाली ब्युरो कलाकारले स्वागत गित गायको थियो उक्त कार्यक्रमा प्रतियोगीहरु मध्य प्रथम स्थान हासिल मेहेलमुडीको देउडा टिम रहेको थियो भने । दोस्रो स्थान पचाल झरना धमालीकोले हासिल गरेको थियो साथै पलाता टिम तेस्रो र राष्कोट र काडागाउ सान्त्वना स्थान हासिल गरेको थियो । क्रमश: प्रथमलाई ९००० दोस्रोलाई ६००० । तेेेेेेस्राेलाई ४००० र सान्तनालाई २००० नगद पुरस्कार रासी प्रमुख अतिथीले बिजेता टिमलाई प्रदान गर्नु भएको थियो ।

 

 


उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिराटले दलाल सत्ताले गाउगाउमा सामन्ती सस्कृतिलाई पुर्नरजिबीत गरेकाले उक्त सस्कृती बिस्थापित गर्न र कम्युनिष्ट सस्कृती स्थापित गर्नका लागि यस्ता रचनात्मक कार्यक्रम जरुरी रहेको र यस्ता कार्यक्रम र प्रस्तुतीले जनयुद्दको वास्तविक झल्को दिएको स्मरण गर्दै अब यस्तै मोर्चाबाट बर्तमान सरकार र सस्कृतीको बिस्थापित गरि छाड्ने ठोकुवा गर्नुभयो यस्तै जिल्ला सेक्रेटरी रणदिपले बर्तमान केपी सरकारले अाफ्नो पार्टी माथीको दमन नरोके कडा प्रतिरोध गर्ने चेतावनी दिनु भयो ।