रास्ट्रपति रनिङ शिल्ड सम्पन्न, मिडवयस्टले चुम्यो उपाधि

प्रकाशित मिति : आइत, फाल्गुन ११, २०७६



लक्ष्मण बस्नेत
फागुन ११ शान्तिनगर दाङ ।
शान्तिनगर गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को उपाधी मिडवस्ट प्वाईन्ट एकाडेमी खैरेनीले हात पारेको छ ।
शान्तिनगर गाउँपालिकाको आयोजना तथा बिपि कोईराला नमुना माबी बयाले सिमतराको संयोजनमा बयाले सिमतारा खेलमैदान सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ८ रजत र १ कास्य पदक हात पार्दै साबिक बिजेता मिड वयस्ट प्वाईन्ट एकाडेमिले उपाधी चुम्न सफल भएको हो । उपाधीसंगै उसले लगातार दोस्रो पटक रनिङ शिल्ड उचाल्यो ।
त्यस्तै ५ स्वर्ण,७ रजत र २ कास्य पदकका साथ लोकप्रीय बिधा मन्दिरले दोस्रो स्थान हासिल गर्दा जनकल्याण माबी सिमसुन्दरपुर ५ स्वर्ण, ३ रजत ९ कास्य पदक सहित तेस्रो र बिपि मा बि बयाले ४ स्वर्ण,५ रजत र ५ कास्यका साथ सान्त्वना स्थान हासिल गरेको सचिवालय सदस्य खेम राज तिवारीले जानकारी दिनु भएको छ ।
फागुन सात गतेदेखि संचालित प्रतियोगितामा शान्तीनगर गाउँपालिकामा स्थापित निजि तथा सामुदायिक गरि १० विद्यालयको सहभागिता रहेको थियो ।