जनयुद्ध दिवसकाे अवसरमा दाङको तुलसीपुर र राेल्पा कारागारमा खेलकुद प्रतियोगिता

प्रकाशित मिति : मङ्ल, फाल्गुन १३, २०७६



दाङ,

जनयुद्ध वार्षिकोत्सबको अवसरमा दाङको तुलसीपुर कारागार र राेल्पाकाे कारागारमा विभिन्न खेलकुद प्रतियोगिता कार्यक्रम भएका छन् । २५ अाैं जनयुद्ध वार्षिकोत्सबकाे अवसरमा दाङको तुलसीपुर कारागारमा भएको खेलकुद प्रतियोगितामा भलिबल र ब्याटमिन्टन खेलहरु भएकाे छ । हालै सम्पन्न कार्यक्रममा खेलका विजेता र उपविजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । खेल प्रतियोगिताको समापनमा कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन मध्ये पश्चिम कमाण्ड इन्चार्ज चन्द्र बहादुर चन्द ‘विरजंग’ ले खेलका विजेतालाई रु. १५०० र उपविजेतालाई रु. १००० नगद पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि ‘विरजंग’ ले मन्तव्य समेत राख्नुभएको थियो ।ढिलाेगरि प्राप्त समाचार अनुसार जनयुद्ध दिवसकाे दिन फागुन १ गते कारागारमा रहेका सम्पूर्णलाई ने.क.पा. नेता विरजंगले अबिर अावरणसहित टीका लगाई दिएर चकलेट वितरण र २५ अाैं जनयुद्ध दिवसकाे शुभकामना अादानप्रदान गरिएको पनि बताइएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोकाे बैठक दाङको राजपुर वडा नं. ४ मुङ्ग्रेठामा बसिरहेको स्थानबाट असाेज २९ गते राति गिरफ्तारी पर्नुभएका विरजंग मात्र हाल तुलसीपुर कारागारमा हुनुहुन्छ ।

यस्तै २५ अाैं जनयुद्ध वार्षिकोत्सबकाे अवसरमा राेल्पाकाे कारागारमा अाजदेखि खेलकुद प्रतियोगिता सुरु भएको खबर प्राप्त भएको छ । खेल प्रतियोगिता कार्यक्रममा क्यारम बाेर्ड, चेस, लाेकदाेहाेरी गीत प्रतियोगिता समेत भइरहेको बताइएको छ ।

राेल्पाकाे लिबाङ कारागारमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा मगर ‘सुवास’, पार्टीका तत्कालीन राेल्पा जिल्ला इन्चार्ज जय बहादुर राेका ‘प्रताप’, सन्ताेष सुवेदी ‘प्रयास’ लगायत ११ जना नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता रहेको कारागारमा अन्य कैदी बन्दीहरु खेलमा समावेश भएका छन् । खेल कार्यक्रम केही दिनसम्म जारी रहने बताइएको छ ।

जनयुद्धका पहिला घाइते अामालाई कारागारमै बाेलाएर अभिनन्दन
जनयुद्धका पहिला घाइते अामा मनखना बाठा मगरलाई राेल्पाकाे कारागारभित्र नै अास्थाका बन्दीहरुले अभिनन्दन गरेको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी
तत्कालीन राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा मगर ‘सुवास’ का अामा समेत रहनु भएका ८१ वर्षका मनखनालाई प्रत्येक वर्ष जनयुद्धका प्रथम घाइतेकाे रूपमा अभिनन्दन गर्दै अाएकाे नेपाल कम्युनिस्ट पार्टी राेल्पाले यश वर्ष कारागारमै सम्मान गरिएको छ । राेल्पाकाे साविक भावाङ १ बाच्छे हालको माडी गाउँपालिका वडा नम्बर ५ स्थायी घर हुनु भएका मनखना जनयुद्धको थालनी स्वरूप ग्रामीण वर्गसंघर्ष विकास भइरहेको बेला २०५१ साल जेठ १५ गते प्रहरी दमन र ज्यादतीकाे प्रतिरोध गर्दा प्रहरीको गाेली लागि घाइते हुनुभएको हो । बलिदान दिवसकाे अवसर पारि उहाँलाई सम्मान गरिएको बताइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोकाे बैठक दाङको राजपुर वडा नं. ४ मुङ्ग्रेठामा बसिरहेको स्थानबाट असाेज २९ गते राति गिरफ्तारी पर्नुभएका सुवाससहित ३ जना र अन्य राेल्पाबाटै गिरफ्तारी पर्नुभएका ११ जना अास्थाका बन्दीहरु हाल राेल्पा कारागार रहनु भएको छ ।
फरक राजनीतिक अास्थाका कारण गिरफ्तार भएर हाल देशभर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सयौं नेताकार्यकर्ता जेल हिरासतमा रहेका छन् ।