बिरामी अवस्थामा रहेका नेकपा प्युठानका समर्थक भेषराज केसी गिरफ्तार

रिहा गर्न नेकपा प्युठानकाे माग

प्रकाशित मिति : बिहि, फाल्गुन १५, २०७६



नेपाल कम्युनिस्ट पार्टी प्युठानका समर्थक शुभचिन्तक भेषराज केसीलाई प्रहरीले गिरफ्तार गरेको छ । बिरामी अवस्थामा रहेका भेषराजलाई उहाँकै घरबाट फागुन ११ गते गिरफ्तार गरिएको बताइएको छ । भेषराज सहिद परिवार समेत हुनुहुन्छ । उहाँ बिरामी भएर रेस्ट गरिराखेकाे बेला विनाकारण गिरफ्तार गरिएको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी प्युठानका जिल्ला सेक्रेटरी अजयले बिरामी अवस्थामा रहेका भेषराज गिरफ्तार गरिएकोप्रति कडा अापत्ति जनाउँदै तत्काल रिहा गर्न अाग्रह गर्नु भएको छ । भेषराज
सामान्य पार्टी समर्थक, शुभचिन्तक मात्र रहेका बताउदै उहाँको स्वास्थ्य अवस्थालाई ख्याल गरि विना सर्त रिहाइ गर्न जाेडदार माग गर्नु भएको छ ।