पूर्व सभामुख महरालाई तुलसीपुरमा स्वागत

प्रकाशित मिति : बिहि, फाल्गुन १५, २०७६



पूर्व सभामुख कृष्ण बहादुर महरालाई तुलसीपुरमा स्वागत गरिएको छ । हिरासतमुक्त भएसंगै पहिलो पटक दाङ आएका महरालाई तुलसीपुरमा स्वागत गरिएको थियो ।

उनलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) तुलसीपुर नगर कमिटिले अबिर खादा र मालाले स्वागत गरेको थियो । सो अवसरमा पूर्व सभामुख महराले आफुलाई सहयोग गर्ने,शुभेच्क्षा प्रकट गर्ने सबैलाई धन्यबाद प्रकट गरेका थिए । उनले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने समेत बताए ।