सहिद सप्ताहकाे अवसरमा युवा संगठन नेपाल, राप्तीद्वारा दाङमा कराँते प्रतियोगिता सम्पन्न

प्रकाशित मिति : शनि, फाल्गुन १७, २०७६



दाङ, १७ फागुन ।

सहिद सप्ताहकाे अवसरमा युवा संगठन नेपाल, राप्ती ब्युरोकाे अायाेजनामा अाज  दाङमा कराँते प्रतियोगिता सम्पन्न भएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे सहायक संगठन युवा संगठन नेपाल, राप्ती ब्युरोकाे अायाेजनामा अाज बिहानदेखि सुरु भएको खेल प्रतियोगिताकाे उद्घाटन युवा संगठनका केन्द्रीय महासचिव सागर पुनले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा युवा संगठन नेपाल, राप्ती ब्युरो इन्चार्ज अनिल, प्रध्यानाध्यापक नारायण पाैडेल लगायतले बाेल्नु भएको थियो । कार्यक्रमकाे अध्यक्षता युवा संगठनका केन्द्रीय सदस्य विरेन्द्र गर्नुभएको कार्यक्रममा बाेल्ने वक्ताहरूले खेल क्षेत्रलाई राज्यले उचित सम्मान गर्न नसकेको बताए ।

खेलकाे विकास र खेलाडीहरुको प्रतिभालाई सम्मान गर्ने उदेश्यले यो खेल कार्यक्रम गरिएको बताए । राज्यले खेल जगतलाई वेवास्ता गरेकाले अब स्थापना हुने वैज्ञानिक समाजवादी व्यवस्थाले खेलकाे विकास र खेलाडीहरुको व्यवस्थापनमा विशेष ध्यान दिने उल्लेख गरे ।
राष्ट्रियता, खेल क्षेत्र र खेलाडीहरुकाे भविष्य विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे अगुवाइमा हुने एकिकृत जनक्रान्तिले मात्र सुनिश्चित गर्ने बताए ।


खेलकाे सुरु भएको उद्घाटन राप्तीका ५ वटै जिल्लाबाट खेलाडीहरुको सहभागिता रहेको कराँते प्रतियोगितामा विभिन्न ताैल तर्फ छात्र छात्राहरुले भाग लिएकाे कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई टीका लगाएर मेडल प्रमाणपत्रले सम्मान गरिएको थियो भने खेलका प्रशिक्षक तथा रेफ्रीहरुलाई पनि सम्मानपत्र र खाँदाले सम्मान गरिएको थियो ।

जसमा छात्र काता विधाबाट प्रथम विकेश नेपाली, द्वितीय सुनिल चाैधरी, तृतीय इन्द्र बहादुर वली, तृतीय जितेन्द्र बुढा र छात्रा काता विधाबाट प्रथम कृति चाैधरी, द्वितीय बिजाैरा ऐडी, तृतीय मञ्जु घर्ती, तृतीय प्रियकां खड्का हुनुभएको छ ।
छात्रकाे कुमिते विधातबाट ५५ केजी तर्फ प्रथम स्वर्णिम राेका, द्वितीय दिनेश गाैतम, तृतीय विक्रम थापा, तृतीय पारस खड्का र छात्रा कुमिते विधातर्फ ५५ केजी ताैल समुहमा प्रथम अाचल बुढा मगर, द्वितीय सुनमाया थापा मगर, तृतीय अञ्जली साहु मगर, तृतीय भूमिका बुढा मगर हुनु भयाे ।
५० केजी कुमिते विधाकाे छात्र तर्फ प्रथम विशाल विक, द्वितीय विकेश नेपाली, तृतीय अमर रास्काेटी, तृतीय कुमार चपाई र छात्रातर्फ ५० केजी कृति चाैधरी, द्वितीय बिमला रेश्मि मगर, तृतीय मञ्जु घर्ती मगर, तृतीय प्रतिभा केसी, त्यस्तै ४५ केजी छात्रतर्फ प्रथम जितेन्द्र बुढा मगर, द्वितीय किरण केसी, तृतीय मदन भण्डारी, तृतीय वर्मान बुढा मगर र छात्रातर्फ ४५ केजी प्रथम बिजाैरा ऐडी, द्वितीय बिमला डाँगी, तृतीय बिनिता बुढा, तृतीय पवित्रा चाैधरी हुनुभयो । ३५ केजी छात्रतर्फ प्रथम यम प्रकाश देवकोटा, द्वितीय राेहित परियार, तृतीय विनोद पाटा र ३५ केजी छात्रातर्फ प्रथम एलिना शाही, द्वितीय सपना खातु, तृतीय प्रतीक्षा चाैधरी, तृतीय बालमाया भण्डारी त्यस्तै ३० केजी छात्रतर्फ प्रथम लक्ष्मण शर्मा, द्वितीय श्वस्ती बुढा, तृतीय विवश चाैधरी, तृतीय नवीन राेका र ३० केजी छात्रातर्फ
प्रथम प्रगति विष्ट, द्वितीय वर्षा राेका मगर, तृतीय दिया बुढाथोकी, तृतीय प्रियकां खड्का र २५ केजी छात्रतर्फ प्रथम टार्जन बुढाथोकी, द्वितीय दिपक गाैतम, तृतीय अालिक पुन मगर, तृतीय निर्माण पाैडेल, २५ केजी छात्रातर्फ प्रथम सृष्टि विष्ट, द्वितीय मिना बुढा, तृतीय विष्णु बुढा, तृतीय विपना पुन हुनुभयो ।
खेलकाे अवधिभर महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने वरिष्ठ प्रशिक्षक बलराज नेपाली, सहिद स्मृति अावासीय विद्यालय बनकट्टीलाई, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय खेलाडी विवेक विकलाई सम्मानपत्र र खाँडा अाेढाएर सम्मान गरिएको थियो त्यस्तै प्रशिक्षक तथा रेफ्रीहरुमा दिनेश केसी, एमेसन चाैधरी, देउचन केसी, रेशम खड्का, पाेमराज घर्ती, किम बहादुर परियार, हरिस चन्द्र राना मगर, नवराज राेका, पदम बहादुर बस्नेत, विजय जिएम, विवेक कुमार विक, तारा बहादुर वली, प्रजित बुढा, बम बहादुर बुढाथोकी, युद्धजित राेका, बलराज नेपालीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।


युवा संगठन नेपालका केन्द्रीय सदस्य विरेन्द्र विककाे अध्यक्षतामा भएको समापन कार्यक्रममा सहिद स्मृति अावासीय विद्यालयका प्रध्यानाध्यापक नारायण पाैडेलले अाफ्नाे मन्तव्य राख्नुभएको थियो । कार्यक्रमकाे सञ्चालन युवा संगठन नेपाल, रुकुम पश्चिमका अध्यक्ष लय साहानीले गर्नुभएको थियो ।