कोरोना भाइरसको प्रभाव : त्रिविका सबै परीक्षा र पठन पाठन स्थगित

प्रकाशित मिति : बिहि, चैत्र ६, २०७६



विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखिका सबै परीक्षा र पठन पाठन स्थगित गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले पठन पाठन र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिवि परीक्षा नियन्त्रण कार्यलय बल्खुले जानाएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बुधबार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन विद्यालय तथ विश्वविद्यायलको सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।