अखिल (क्रान्तिकारी) कैलालीद्वारा काेराेना भाइरस सम्बन्धि जनचेतना तथा मास्क लगायत सामाग्री वितरण

प्रकाशित मिति : आइत, चैत्र ९, २०७६



विश्वभर फैलिरहेको कोराना भाईरस सम्बन्धि जनचेतना र रोकथामका लागि अखिल (क्रान्तिकारी) कैलाली द्वारा धनगढीमा रहेको असहाय बालबालिका र महिलाहरु बस्ने दृष्टि फाउन्डेसनमा मास्कहरु, डिटोल साबुनहरु , हन्याड वासहरु , सेनिटाईजरहरुका साथै फलफुल र नगद रुपैयाँँ २१५० सहयोग स्वरुप प्रदान गरिएको छ।

सो कार्यक्रममा सङ्गठन का सेतिमहाकाली संयोजक विरेन्द्र शाह , सङ्गठनका केन्द्रीय सदस्य बबर जङ्ग सिंह ,नेकपा नगर पार्टी इन्चार्ज प्रकाश रावल , अखिल क्रान्तिकारी कैलाली अध्यक्ष सुबाश जोशी लगायत जिल्लाका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा दृष्टि फाउन्डेसनकि संचालिका कल्पना भट्टले आफुहरु राज्यका विभिन्न निकायमा सहयोगको लागि गुहार माग्दा पनि राज्यको कुनै पनि निकाय बाट सहयोग नभएको गुनासो गरेकी थिईन र उनले विद्यार्थी सङ्गठनले यस्तो कोरोना भाइरस को महामारी फैलिरहेको अवस्थामा सो रोगको रोकथामका लागि मास्क, साबुन र सेनेटाईजर वितरण गरेर आफ्नो घाउमा मलम लागेको भनेकी थिईन साथै अन्त्यमा उनले सबै सहभागी विद्यार्थी नेताहरु लाई दृष्टि फाउन्डेसनले निर्माण गरेको ब्याच मायाको चिनो स्वरुप प्रदान गर्दै धन्यवाद व्यक्त गर्नु भएको थियो ।

सङ्गठनको तर्फबाट सेतिमहाकाली संयोजक विरेन्द्र शाह र केन्द्रिय सदस्य बबर जङ्ग सिंहले आफ्नो सङ्गठन सदैव दृष्टि फाउन्डेसन को साथमा रहि सक्ने सहयोग हमेशा गरिरहने प्रतिबद्धता गरेका थिए ।