देशव्यापी लकडाउन, एकहप्ता घरबाहिर ननिस्कन सरकारको आदेश

प्रकाशित मिति : सोम, चैत्र १०, २०७६



१० चैत ।
नेपाल सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि एक हप्तासम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड -१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त सवारी साधनबाहेक अरु आवतजावत नगर्न र घर तथा काेठा बाहिर ननिस्कन अाग्रह गरेको छ ।
नेपालमा बाहिरबाट अाएकाे एकजनालाई काेराेना भाइरस संक्रमण देखिएपछि कडाइ गरेको छ ।
फ्रान्समा अध्ययन गर्न गएकी एक १९ वर्षकी युवतीलाई काेराेना भाइरसले संक्रमण देखिएपछि अहिले उनलाई सरुवा राेग नियन्त्रण कार्यालय ट्रफिकल टेकुमा राखेर उपचार गरिरहेकाेे जनस्वास्थ्य विभागले जानकारी गराएको छ ।