विप्लवका माइला दाई जयन्द्र चन्दसहित ४ जना गिरफ्तार

खेलाडीलाई अनाहकमै पक्राउ गरेेकाेेप्रति गणतन्त्रिक खेलकुद महासंघकाे घाेर भत्सर्ना

प्रकाशित मिति : मङ्ल, चैत्र ११, २०७६



नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का दाजु जयन्द्र बहादुर चन्दसहित ४ जना ललितपुरबाट आइतवार गिरफ्तार भएका छन् ।

नेपाल गणातान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका चन्द खेलकुद क्षेत्रका सहकर्मीहरुसँग छलफल गरेर बसिरहेका बेला सादा पाेशाकका सुरक्षाकर्मीले घेरा हाली पक्राउ गरिएकाे थियाे ।

चन्दका आफन्तले दिएकाे जानकारी अनुसार उहाँकाे स्थितिबारे अहिलेसम्म अाफन्तलाई जानकारी दिएकाे छैन । परिवारजनले स्थिति सार्जजनिक गर्न र बिल्कुल खेलकुद क्षेत्रमा सक्रिय चन्दलाई अविलम्ब बिनाशर्त रिहा गर्न आग्रह गरेका छन् । यसैबीच महासंघका महासचिव विनाेद चन्द ठकुरी, केन्द्रीय सदस्य प्रेम केसी र कमल आरसीलाई पनि पक्राउ गरिएकाे छ ।

प्रहरी श्राेतका अनुसार चारै जनालाई ललितपुरस्थित जावलाखेल प्रहरीकाेमा राखेर अनुसन्धान भइरहेकाे छ । यसैबीच नेपाल गणतन्त्रिक खेलकुद महासंघले खेलकुदजस्ताे सम्मानित क्षेत्रमा याेगदान दिइरहेकाे एक स्थापित खेलाडीलाई अनाहकमै पक्राउ गरेेकाेेमा घाेर भत्सर्ना गर्दै तत्काल निशर्त रिहाईका लागि माग गरेकाे छ । महासंघका केन्द्रीय उपाध्यक्ष सि.वी. सिंहले एक विज्ञप्ति जारी गरि भत्सर्ना गरेका हुन् । उनले याे पक्राउ विरुद्ध सम्पूर्ण खेल जगतले रिहाईका लागि जाेडदार आवाज उठाउन अाग्रहसमेत गरेका छन् ।