लकडाउनपछि देशभरका सडकहरु सुनसान

प्रकाशित मिति : बुध, चैत्र १२, २०७६



कोरोना भाइरसबाट सतर्कताका लागि सरकारले मंगलबार बिहानदेखि एक साता लकडाउन गरेपछि देशभरका सडकहरु सुनसान बनेको छ । लकडाउन पछि दाङमा पनि बजार तथा अासपासका ठाउँमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी चलेका छैनन् । मूल सडकका सबै पसलहरु सबै बन्दछन् । देशबासीहरु अा- अाफ्नै घर तथा काेठामा बसिरहेका छन्।

सडकका चोक–चोकमा ‘लकडाउन’को अनुगमन गर्न सुरक्षाकर्मी खटाइएका छन् । अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, पानी र प्रेस लगायतका सवारीलाई रोक लगाइएको छैन । तर कुनै कामबिना सडकमा यात्रा गर्ने र सवारी चलाउनेलाई प्रहरीले फर्काइदिएका छन् ।